कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

काममा फर्किए चिया श्रमिक (फोटो फिचर)

पर्वत पोर्तेल

काँकडभिट्टा — ४५ दिन लामो आन्दोलन मथ्थर भएपछि चिया श्रमिकहरु काममा फर्किन थालेका छन् । सोमबार साँझ नेपाल चिया उत्पादक संघ र चिया श्रमिक सम्वद्ध संगठनबीच तीन बुँदे सहमति भएको थियो ।

जसअनुसार सरकारले तोकेको श्रम ऐन २०७४ अनुसार मजदुरलाई न्यूनतम ज्याला ३ सय ८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक वर्षदेखि श्रम ऐन लागु गरे अनुसारको तलब भुक्तान गर्ने र आन्दोलन अवधिभरको ज्याला ३० प्रतिशत दिने सहमतिपछि श्रमिक आन्दोलन फिर्ता भएको छ ।

सहमतिसँगै मंगलबारदेखि जिल्लाका सबै उद्योग खुलेको र श्रमिकहरु काममा फर्किएको श्रमिक नेता भुपाल सापकोटाले जनाए । झापामा साना किसानसहित २८ वटा चिया उद्योग छन् । जसमा करिब २० हजार हाराहारीमा श्रमिक कार्यरत छन् ।

प्रकाशित : वैशाख ३१, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्