कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा आधारशिविर रंगीचंगी पालले भरिभराउ (फोटोफिचर)

कुम्भराज राई

सगरमाथा आधारशिविर (सोलुखुम्बु) — वसन्त ऋतु सगरमाथा आरोहणको लागि उपयुक्त मानिन्छ । सगरमाथा चढ्ने लालसा बोकेर आधारशिविरमा पुग्नेका लागि त्यहाँ सयौंको संख्यामा पालहरु टाँगिएका छन् । करिब तीन किलोमिटर टाढा गोरक्सेप देखि नै आधारशिविरको पहेंलो, निलो र रातो रंगको रंगीचंगी पाल देख्न सकिन्छ ।

सगरमाथा आरोहणका लागि विदेशी आरोहीको ३६ दलका ३ सय ६६ सदस्य आधाररशिविरमा छन् । नेपाली आरोही ६ दलका १३ जना छन् । ल्होत्से, नुप्त्से लगायतको आरोहण गर्ने बाटो समेत एउटै भएकोले आरोहण दलको आधारशिविर एउटै रहन्छ । ल्होत्सेका लागि १२ दलका ९८ सदस्यले अनुमति लिएका छन् । नुप्त्सेका लागि ३ दलको ३७ जना र पुमोरीका लागि १ दलका ११ सदस्य छन् ।

यी सबै आरोही सदस्यको सहयोगी शेर्पा, क्लाईम्बिङ गाइड, भान्छामा काम गर्ने कामदार लगायतले गर्दा आधारशिविर भीड हुने गरेको हो । मौसम अनुकुल हुने बित्तिकै आरोहण गर्ने तयारीमा बाँकी सदस्यहरु छन् ।


प्रकाशित : जेष्ठ ६, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्