हुरीपछि छर्लङ्ग काठमाडौं
काठमाडौँ — आजकाल काठमाडौं उपत्यका छर्लङ्ग खुलेको देख्न सकिन्न । लगातार पानी परेपछि केही समय उपत्यकाको मौसम खुलेपनि केहीबेरमा तुवाँलो र धुलोले ढाकिहाल्छ । त्यसैले काठमाडौं उपत्यकाबाट हिमाल हेर्न मुस्किलै पर्छ अचेल ।शुक्रबार बिहान करिव ५ बजेतिर काठमाडौंमा पनि बेजोडको हावाहुरी आयो । करिव ३० मिनेटसम्म चलेको हुरीले उपत्यकाको तुवाँलो उडाइदियो । बिहानै हावाहुरी र पानीपरेपछि सधैं तुवालोले ढाक्ने काठमाडौं उपत्यकाको मौसम छर्लङ्ग खुलेको थियो । हेरौं तस्बिरमा पानी परेपछि खुलेको काठमाडौं उपत्यका ।
प्रकाशित : जेष्ठ २४, २०७६ ११:१०