कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हजारौं दर्शकको सामुन्ने देखाइयो भोटो [तस्बिरहरु]

कान्तिपुर संवाददाता

ललितपुर — रातो मत्स्येन्द्रनाथको जिम्मामा रहेको भनिने हिरामोती, मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचीन भोटो हजारौं दर्शकको सामुन्ने आइतबार जावलाखेलमा देखाइयो । उक्त भोटो गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुखले सबैका सामु शिल हेरी जाँची मुचुल्कापछि तोडेर देखाइने चलन छ । समारोहमा राष्ट्रपति विद्या भण्डारी, गृहमन्त्री रामबहादुर थापा लगायत विशिष्ट व्यक्तिहरु पुगेका थिए।

भोटो जात्रा अवलोकन गराउन ललितपुरकी जीवित देवी कुमारीलाई जावलाखेलस्थित पाटीमा ल्याएर राखिन्छ । ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानका साथ समारोहस्थलमा ल्याइन्छ । भोटोका वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथकै जिम्मामा रहने ऐतिहासिक लोककथन छ। भोटो जात्राको दिन बिहानैदेखि जावलाखेलमा बत्ती बाल्ने, स्तोत्र पाठ पूजा गर्ने श्रद्धालुभक्तजनहरूको भीड लागेको थियो।

तस्बिर : सञ्जोग मानन्धर/कान्तिपुर

प्रकाशित : जेष्ठ २६, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्