पहिरोमा थुनिएकालाई यसरी सारियो सुरक्षित स्थानमा[फोटोफिचर]

दीपेन्द्र शाक्य

पेवुवा (संखुवासभा) — सातादेखि मकालु गाउँपालिका–५ को पेपुवामा पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो ।

प्रकाशित : असार ९, २०७६ १८:२९

त्यहाँ उनीहरु आफन्तकहाँ बस्ने छन् । पहिरोले विस्थापित भएका ३७ परिवारलाई गाउँपालिकाको सहयोगमा राहत पनि वितरण गरिएको छ । प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य लगायतले पेपुवा पुगेर विस्थापितलाई सोमबार राहत सामाग्री वितरण गरे ।

पूर्ण विस्थापित मध्ये ५१ जनालाई नुममा ल्याइएको सांसद गौतमले बताए । उनका अनुसार गाउँमा गाईवस्तु रुङ्ने केहीलाई भने राहत सामाग्री दिएर छाडिएको छ । टोलीले आंशिक विस्थापित भएका १७ परिवारलाई पनि राहत वितरण गरेको छ । दाल, चामल, नुन, त्रिपाल लगायतका सामाग्री उनीहरुलाई वितरण गरिएको हो ।

‘अहिले सुरक्षित स्थानमा विस्थापितलाई सार्ने काम भएको छ’ सांसद गौतमले भने, ‘अब उनीहरुका लागि गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग छलफल गरेर पुर्नस्थापना गर्नेछौँ ।’ पहिरोले निर्माणाधिन अरुण तेस्रो आयोजनाका निर्माण सामाग्री, सडक, अलैंची र नगदेबालीसहित करिब ५० करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

विस्थापित बनेका पर्शुराम राईले उद्धारपछि विस्थापितलाई पुर्नस्थापनाका लागि स्थानीय सरकार र जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताए । गाउँपालिका केन्द्रमा अहिलेलाई ल्याएपनि अब के गर्ने भन्ने चिन्तामा रहेको उनले बताए । सबैतिर चिरैचिरा भएकाले पुरानो थातथलोमा गएर बस्न नसक्ने उनले बताए ।

६ दिनसम्म त्रसित अवस्थामा चौरमा त्रिपाल टाँगेर दिन र रात बिताएको उनले सुनाए । गैरी गाउँ, रुपसाङ गाउँ, सिरान गाउँ र डाँडा गाउँका स्थानीयले सधै त्रासमा जीवन बिताउनु परेको उनको गुनासो थियो ।

प्रतिक्रिया
पठाउनुहोस्

गगन थापाले भने, 'केही साहुलाई पोस्न मात्रै वन कार्यविधि ल्याउन लागिएको छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — सांसद गगनकुमार थापाले वन जंगल फाँडेर होटल, रिसोर्ट र सफारी बनाउने सोच गलत भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै थापाले 'संरक्षित क्षेत्रभित्र निर्माण हुने संरचनासम्बन्धि कार्यविधि २०७६' को विरोध गरे । सरकारले उक्त कार्यविधि ल्याउने अन्तिम तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद थापाले ऐनमा नभएको विषय मन्त्रीले कार्यविधिमा थपेर केही साहुलाई मात्र पोस्न खोजेको आरोप लगाए।। ऐनलाई छलेर चोर बाटोबाट कार्यविधि ल्याइएको उनको भनाइ थियो।

यसअघि संसदीय समितिले गरेको निर्णय विपरीत कार्यविधि आएकाले यस विषयमा अध्ययन गर्न समिति र मन्त्रालयलाई सांसद थापाले आग्रह गरे।

प्रकाशित : असार ९, २०७६ १८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्