रोपाइँको रौनक [तस्बिरहरु]
ललितपुर — रोपाइँ दिवसको सन्दर्भमा कान्तिपुर पब्लिकेसन्स्ले शनिबार ललितपुरमा एक कार्यक्रम गरेको छ । गोदावरी भिजेज रिसोर्ट नजिकै भएको ‘मड फेस्ट’मा राष्ट्रिय कलाकारहरुका साथ स्थानीय युवा युवती खेतमा रोपाइँ गर्दै आपसमा हिलो खेल्दै रमेका थिए । कुटुम्भ र ज्योभन भुजुको लाइभ प्रस्तुति रहेको कार्यक्रममा मड फुटबल, डोरी तानातानजस्ता खेलसमेत भए । संगीतमय वातावरणमा हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गर्दा बेग्लै माहोल बनेको थियो । पब्लिकेसन्स्ले विगत वर्षहरुझैं रोपाइँ पर्वलाई विशेष मनाउन कार्यक्रमलाई निरन्तरता दिएको हो ।