कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोठमा आगो लगाएर आत्मदाह 

उदयपुर — उदयपुरको उदयपुरगढी गाउँपालिका—४ सातबोटेका एक बिरामीले बुधबार राति गाेठमा आगो लगाएर आत्मदाह गरेका छन् । 

उपचार अभावमा स्थानीय ४८ वर्षीय शेरबहादुर कार्की (ख) ले परालको गोठमा अागो लगाएर आत्मदाह गरेका हुन् । पायल्स, जण्डिस र लिभरका विरामी कार्कीले रौतामाई गाउँपालिका—७ स्थित आफन्तको गोठमा गई आगो लगाएर आत्मदाह गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।


‘आत्मदाह गरेका कार्की पहिले देखि नै विरामी रहेछन्, उपचारमा धेरै रकम खर्च पनि भइसकेको रहेछ ।’ घटनाबारे अध्यक्ष खड्काले जानकारी दिँदै भने, ‘डाक्टरले पनि धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बस्दा राति नै घर नजिकै परालको गोठमा आगोमा परि घाइते अवस्थमा गाउँलेले फेला पारे ।’


गोठको आगोमा जलेको अवस्थामा गाउँलेहरुले उद्धार गरेर जिल्ला अस्पताल गाईघाटमा पुर्‌याए पनि उपचारको क्रममा राति २ बजे कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


मृतक कार्कीको साथमा विषादी समेत फेला परेकाले घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । श्रीमतीसँगै रहेका कार्कीले श्रीमतीलाई झुक्याएर गोठमा आगो लगाई आत्मदाह गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित : पुस २६, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?