कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भानुमतीमा धार्मिक महोत्सव

खोटाङ — हिन्दुधर्म ग्रन्थमा उल्लेख भएको भानुमतीमा धार्मिक महोत्सव सुरु भएको छ । खोटाङको दक्षिणी क्षेत्र जन्तेढुंगा र खोटेहाङ गाउँपालिकाको बीचमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल भानुमतीमा बुधबारदेखि सप्ताह ज्ञान महापुराण सुरु भएको हो ।

भानुमतीमा धार्मिक महोत्सव

महोत्सव उद्घाटन प्रतिनिधिसभाका सदस्य विशाल भट्टराईले गरे । जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको बीचमा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल भानुमति धामको पर्यटन प्रवद्र्धन, मन्दिर परिसरमा जग्गा खरिद, वार्षिक रूपले मकर मेला आयोजना र घाट व्यवस्थापन गर्नका लागि सप्ताह महायज्ञको आयोजना गरिएको भानुमती खुट्टेश्वर मकर महोत्सव त्रिवेणी घाट मूल आयोजक समितिका अध्यक्ष मोहन सुप्तिहाङ राईले बताए ।


किंवदन्तीअनुसार भानुमतीमा खुट्टेश्वर महादेव उत्पन्न भएर बसेको पाइन्छ । सत्य युगमा सत्यदेवी दक्ष प्रजापतीकी जेठी छोरी हुन्छिन् । ३३ कोटी देवतालाई दक्ष प्रजापतीले सबै छोरीको कन्यादान गर्छन् । तर सत्यदेवीलाई घरको रेखदेख गर्न छोरा नभएका कारण दक्ष प्रजापतीले राख्छन् ।


त्यस बेला सत्यदेवीलाई श्रीमहादेव बिहे गर्न भनी कन्यादान माग्न आउँछन् । सत्यदेवी घरको छोरोका रूपमा राखेको भनेर दक्ष प्रजापतीले श्रीमहादेवलाई कन्यादान गर्दैनन्, उल्टै महादेवलाई गलत्याएर घरबाट निकाली दिन्छन् । त्यसपछि विष्णु भगवान्ले आफूलाई कन्यादान गर्न भनी दक्ष प्रजापतीसँग सत्यदेवीलाई मागी छल गरेर श्रीमहादेवसँग बिहे गराइदिन्छन् ।


दक्ष प्रजापतीले सत्यदेवीलाई श्रीमहादेवले बिहे गरेको थाहा पाएपछि आफ्नो घरमा ३३ कोटी देवतासँगै सारा देवतालाई आफ्नो महायज्ञमा निम्तो गरेको तर श्रीमहादेवलाई भाङ, धतुरो खाने, बाघको छाला ओड्न, खरानी घस्ने, साँढे गोरुमा चडेर हिँड्ने बहुलाजस्तो भनेर जेठी छोरी सत्यदेवी र ज्वाइँ श्रीमहादेवलाई निम्तो गर्दैनन् ।


आफ्ना पिता दक्ष प्रजापतीले महायज्ञ गरेको सत्यदेवीले थाहा पाएपछि आफ्नो माइती घरमा आएर उनले दक्षप्रजापतीले आयोजना गरेको महायज्ञको अग्निकुण्डमा हामफालेर आत्मा हत्या गर्छिन् । त्यसपछि श्रीमहादेव पागल भई सत्यदेवीको मृत शरीरलाई काँधमा हाली संसार घुम्छन् ।


त्यसपछि सत्यदेवीको एकपछि अर्को गर्दै शरीरका सम्पूर्ण अंगहरू पतन हुने क्रममा भानुमतीमा सत्यदेवीको बायाँ खुट्टा पतन हुन्छ । जहाँ–जहाँ सत्यदेवीका अंगहरू पतन भएका छन् । त्यहाँ–त्यहाँ श्रीमहादेव उत्पन्न भएको हामीले श्रीस्वस्थानी व्रत कथाको पूुतकमा उल्लेख छ । भानुमतीमा सत्यदेवीको देब्रे खुट्टा पतन भएपछि त्यहाँ खुट्टेश्वर महादेव उत्पन्न भएको स्वस्थानीको पुस्तकमा उल्लेख छ ।


ग्रामीण पर्यटन महोत्सव हुने

काँकडभिट्टा– पूर्वोत्तर झापाको बाहुनडाँगीमा एसियन ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । आगामी माघ ११ देखि १५ सम्म महोत्सवको संस्करण आयोजना हुने भएको हो । महोत्सवमा नेपाल तथा भारतका स्टलहरू रहनेछन् । खासगरी ग्रामीण पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य राखेर कार्यक्रम आयोजना गर्न लागिएको महोत्सवका अध्यक्ष अर्जुन कार्कीले बताए ।


महोत्सवमा गायक निशान भट्टराई, लोकगायक प्रकाश सपुत, गायिका प्रिती आले, सिक्किमकी गायिका भूमिका सुब्बा, गायिका मिलन नेवारको प्रस्तुति रहनेछ । आयोजकका अनुसार १ सय ६० भन्दा बढीको आवाज निकालने हास्यव्यंग्य कलाकार सुबोध गौतम पनि आउने छन् ।

प्रकाशित : पुस २७, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?