रुपाकोट क्षेत्रको जग्गा व्यक्तिका नाममा

दिक्तेलका लेखनाथ आचार्य र गोविन्दराज आचार्यको नाममा पानीको मुहानसहित ८० रोपनीभन्दा बढी जग्गा दर्ता 

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटन क्षेत्र रुपाकोट क्षेत्रको जग्गा व्यक्तिको नाममा भएको खुलेको छ । नगरपालिकाले पर्यापर्यटन विकासका लागि योजना निर्माणको पूर्वसन्ध्यामा व्यक्तिको नाममा जग्गा भएको खुलेको हो ।

रुपाकोट क्षेत्रको जग्गा व्यक्तिका नाममा

नगरपालिकाले खटाएको नापी विभागका कर्मचारीको विवरणअनुसार रुपाकोटको केन्द्र आसपास व्यक्तिले जग्गा दर्ता गरेको पाइएको छ । हालै गरिएको सर्वेक्षणमा दिक्तेलस्थित लेखनाथ आचार्य र गोविन्दराज आचार्यको नाममा पानीको मुहानसहित ८० रोपनीभन्दा बढी जग्गा दर्ता भएको पाइएको छ ।


उनीहरूको नाममा भएको कित्ता नं ४४९ मा २५ रोपनी छ आना, कित्ता नं ४५० मा २४ रोपनी पाँच आचा र कित्ता नं ४५१ मा २८ रोपनी १३ आना जग्गा दर्ता भएको पाइएको छ । उक्त जगगा २०६६ साल साउन २ मा व्यक्तिको नाममा आएको देखिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रुपाकोट क्षेत्रको पर्यापर्यटन विकासका लागि गुरुयोजना निर्माणको तयारी गरेको छ । यसका लागि गत नगरपरिषदले नीतिगत योजना समेत पारित गरेको छ ।


उक्त जग्गाबाहेक अन्य पनि दर्ताका लागि कित्ता काट गरेको पाइएको छ । यद्यपि दर्ता भने नदेखिएको नगरपालिकाले जनाएको छ । यसका लागि अझ विस्तृत अध्ययन आवश्यक रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । उक्त जग्गा कसरी दर्ता भयो भन्ने बारे समेत अध्ययन गरिने नगर प्रमुख रिजालले सुनाए । ‘वैधानिक वा अवैधानिक भन्नेबारे अध्ययन गरिन्छ,’ नगरप्रमुख रिजाले भने, ‘त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’ पर्यापर्यटनका लागि गुरुयोजना बनाइने भएकाले जग्गाबारे कुनै निर्णय हुन सक्ने बताए ।

प्रकाशित : पुस २७, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?