कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडक्रसमा निष्पक्ष निर्वाचन माग

मोरङ — रेडक्रस सरोकार समूह मोरङले रेडक्रस सोसाइटीको निष्पक्ष निर्वाचनको माग गरेको छ । सूमहका संयोजक तारानाथ भट्टराईले प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाई निष्पक्ष निर्वाचनको माग गरेको हो । 

शाखाले माघ १२ गते नयाँ नेतृत्व चयन गर्नका लागि गोप्य रूपमा अनियमित तरिकाले उपशाखाको निर्वाचन गराइरहेको ज्ञापन पत्रमार्फत आरोप लगाएको छ । जिल्लास्थित ५४ उपशाखामा अधिवेशनको नाममा गोप्य बैठक गरेर नयाँ नेतृत्व र जिल्ला प्रतिनिधित्व छनौट गरिरहेको ज्ञापन पत्रमा उल्लेख छ ।


तत्काल शाखा र उपशाखाहरूको निर्वाचन स्थगित गरी निष्पक्ष निर्वाचनको ज्ञापन पत्रमार्फत माग गरेको छ । ज्ञापन पत्रमा जिल्लास्थित रेडक्रसका ७ हजार ५ सय ३५ सदस्यमध्ये २ सयलाई पनि निर्वाचनसम्बन्धी जानकारी नदिई निर्वाचन गराउनु रेडक्रसको मूल्य र मान्यता विपरीत भएको उल्लेख छ ।


शाखा मोरङका सभापति सुबोध सिंहले जिल्लास्थित उपशाखाहरूको निर्वाचन ७ महिनाअघिदेखि रेडक्रसको विधानअनुसार भइरहेको दाबी गरे ।


‘प्रत्येक उपशाखाको अधिवेशन सूचना प्रकाशनका साथै सदस्यहरूलाई पत्राचार गरेर भइरहेको छ,’ उनले भने, ‘जिल्ला शाखाबाट निर्वाचनका अधिकारी खटाएर विधानअनुसार विधिवत निर्वाचन गराएर नेतृत्व चयन भइरहेको छ ।’

प्रकाशित : माघ १, २०७५ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?