कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

श्रीमती करणी अभियोग लागेका युवक कारागार चलान

आनन्द गौतम

ताप्लेजुङ — श्रीमतीलाई करणी गरेको अभियोगमा ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका एक युवा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत ताप्लेजुङको आदेसमा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ ।

श्रीमती करणी अभियोग लागेका युवक कारागार चलान

प्रहरीले प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेस गरेको थियो । आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि २० वर्षीय युवकलाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो ।


श्रीमतीको उजुरीपछि अर्कै गाउँपालिकामा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : माघ २, २०७५ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?