कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ घाइते

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङको हेलिप्याड क्षेत्रमा मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक सञ्जय सिंह थापाका अनुसार इलामको देउमाई नगरपालिका १ की २२ वर्षीया सृजना गुरुङको मृत्यु भएको हो ।

उनी सिँचाई डिभिजन कार्यालय ताप्लेजुङमा सामाजिक परिचालकको रुपमा कार्यरत रहेकी थिइन् । चालक पाथीभरा याङवरक गाउँपालिका १ नाङ्खोल्याङ निवासी २६ वर्षीय अमिर बर्देवालाई थप उपचारका लागि जिल्ला बाहिर लान अस्पतालले सिफारिस गरेको छ । उनको उपचार जिल्लामा सम्भव नभएपछि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको हो ।


बर्देवा नृत्य प्रशिक्षक हुन् । जिल्ला मालपोत कार्यालय भएर मेची राजमार्गतर्फ जाने क्रममा ना२१प ५६२८को मोटरसाइकल सडकबाट नालीमा खसेको प्रत्यक्षदर्सीले बताएका छन् । दुर्घटनाको कारण खुलेको छैन ।


प्रकाशित : फाल्गुन ७, २०७५ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?