कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधसहित ४ पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुर र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका-६ सेरापुलबाट बिहीबार राति अबैध लागूऔषधसहित विराटनगर महानगरपालिका-२१ रानीका २५ वषर्ीय रुस्तान मियाँलाई पक्राउ गरेको हो ।

बा२३प ५९०९ नम्बरको मोटरसाइकलमा सवार रहेका मियाँलाई चेकजाँच गर्ने क्रममा शरिर तथा मोटरसाइकलमा लुकाई राखेको अवस्थामा लागूऔषध स्पास्मो प्रोक्सिभोन ट्याब्लेट १ सय ३६ क्याप्सुल बरामद गरेको हो । पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भइरहेको छ ।


त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ११ साकेला टोलबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले राती १० बजे त्रियुगा नगरपालिका- ६ बस्ने ३४ वषर्ीय गणेश चौधरी, त्रियुगा नगरपालिका-११ बस्ने २४ वषर्ीय बिगेश राई र २४ वर्षीय अशोक भन्ने आशिस राईलाई पक्राउ गरेको हो ।


उनीहरुको साथबाट प्रहरीले लागूऔषध फेनारागन ७ एम्पुल, लुपिजेसिक ७ एम्पुल, डाइजेल्याव ७ एम्पुलसहित ४ थान सिरिन्ज बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?