कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार जिल्लालाई उपचार सेवा

उदयपुर — कटारी नगरपालिकास्थित कटारी अस्पतालले चार जिल्लाका बिरामीलाई उपचार सेवा दिइरहेको छ । दरबन्दीका ३ डाक्टरसहित आधा दर्जन डाक्टरको टिमले बिरामीलाई सेवा दिइरहेको हो ।

उदयपुरको कटारी, ओखलढुंगा, खोटाङ र सिन्धुलीका सर्वसाधारणलाई सेवा दिँदै आएको कटारी अस्पतालमा चाँडै प्रसूतिका लागि शल्यक्रिया सेवा दिने तयारीमा जुटेको छ । मेडिकल, ल्याव, एक्सरे, भिडियो एक्सरे र बहिरङ सेवा दिइरहेको अस्पतालले निःशुल्क औषधिलाई प्राथमिकतामा राखेको छ ।


औषधि र पानीको प्रयोगलाई जोड दिँदै अस्पतालले सरकारले तोकेको दीर्घ रोग डाइबिटिज (सुगर) र ब्लड प्रेसर लगायत ७० किसिमका औषधि निःशुल्क दिने गरेको छ । सरकारले तोकेको भन्दा बाहेका औषधि खरिद गर्नु परे पनि अस्तापाल बाहिर जानुपर्ने अवस्था छैन । अस्पतालले नै सञ्चालन गरेको सशुल्क किल्निकबाट सर्वसुलभ मूल्यमा बिरामीले औषधि खरिद गर्न सक्ने व्यवस्था रहेको अस्पताले जनाएको छ ।


चाँडै स्तरोन्नति भई ५० शय्याको हुने प्रतीक्षामा रहेको अस्पतालमा अहिले १५ बेडमात्रै छ । तर बेड अवभामा बिरामीले फर्किनु अवस्था भने नरहेको बिरामी बताउँछन् । अस्पतालले बरन्डामै बेड राखेर भए पनि बिरामीको उपचार गर्ने गरेको स्थानीय सृजना कार्कीले बताइन् ।


‘सहर र सदरमुकामका सुविधासम्मन्न निजी अस्पतालभन्दा कम छैन, कटारीको सरकारी अस्पताल,’ उनले भनिन्, ‘सरसफाइदेखि औषधि उपचारमा यहाँ डाक्टरले जस्तै अन्यत्रकाले गरेर सर्वसाधारणले सामान्य औषधि उपचारका लागि हजारौं खर्चेर महँगो निजी अस्पताल जानुपर्ने थिएन ।’ कटारी अस्पतालका डाक्टरले यहाँ सम्भव नभएमात्रै बाहिर जाने सल्लाह दिने गरेको उनले बताइन् ।


‘दुई रुपैयाँको सिटामोलका लागि अस्पताल आउने बिरामीले २० रुपैयाँ बोतलको पानी किन्नु नपरोस्,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गौरब साहले भने, ‘अस्पतालले यसैलाई आत्मासात गरेको छ ।’ अस्पतालमा आउने बिरामीले सरकारले उपलव्ध गराएको सम्पूर्ण सेवा सहजै पाउन सकुन् भन्ने उद्देश्य रहको उलने बताए ।


‘स्रोतसाधन कमी हुँदा पनि अस्पताललाई राम्रोसँग चलाउने प्रयास गरियो,’ मेडिकल सुपरिडेन्ट साहले भने, ‘स्थानीय स्तरमा गरेको प्रयासलाई स्वास्थय मन्त्राालय स्वास्थ्य सेवा विभागले अभाव महसुस गरेपछि स्रोत साधनको कमीलाई परिपूर्ती गरिदिएपछि झनै सजिलो भयो ।’ स्रोत साधन र भौतिक पूर्वाधार भएपछि अन्य सेवा क्रमशः पूरा गर्दै अस्पताललाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनले बताए । डाक्टर साह २ वर्षयता कटारी अस्पतालमा कार्यरत छन् ।


उनै साहले दिन रात नभनी २४ सै घण्टा अस्पतालमा सेवा दिएकाले बिरामीलाई गुणस्तरीय सेवा दिन सफल भएको नियमित अस्पतालको अनुगमन गरिरहेका स्थानीय सञ्चारकर्मी अभिमन्यु लामिछानेले बताए । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट लागयत ३ डाक्टरको दरबन्दी छ । अन्य २ करार र १ डाक्टर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राक्टिसका लागि आएपछि अहिले ६ डाक्टर रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट साहले बताए ।

प्रकाशित : चैत्र ३, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?