कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागीमा महिलाको मृत्यु

ताप्लेजुङ — घरमा आगलागी हुँदा ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा निवासी ४२ वर्षीया बुद्धमाया आवजुङको मृत्यु भएको छ । एक्कासी भएको आगलागीबाट घरभित्र रहेकी आवजुङको घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । थापाका अनुसार आगलागीको कारण खुलेको छैन । घर पुरै जलेको छ । 

आगलागीबाट बुद्धमायाका श्रीमान् जीतबहादुरका परिवार विस्थापित भएको छ । आगलागी र मृत्युका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको थापाले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?