कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाथीभराबाट फर्कँदै गरेको जिप दुर्घटना, ११ जना घाइते 

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा दर्शन गरेर र्फकदै गरेका यात्रु बोकेको मे१ज १४८६ नम्बरको जिप मंगलबार बेलुका फुङलिङ नगरपालिका-९ हाङदेवाको सुकेटार क्षेत्रमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनालाई थप उपचारकालागि झापा पठाएको छ । छ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।


घाइते सबै बारा जिल्लाको निजगढका भएको प्रहरीले जनाएको छ । ५४ वर्षका मोतीमाया अधिकारी, ४२ वर्षका एकनाथ सिग्देल, ८ वर्षका निशान आचार्य, ४२ वर्षका उद्धव सिग्देल र ३८ वर्षका लक्ष्मी सिग्देललाइ थप उपचारकालागि विराटनगरतर्फ लगिएको छ ।


ताप्लेजुङ अस्पतालमा भने बाटुली तिम्सिना, भद्रकुमारी कोइराला, सुशील अधिकारी, यामकुमारी अधिकारी, सावित्री धिताल र सरिता आचार्यले उपचार गराइरहेका छन । सबै घाइते खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।


जिप सडकभन्दा केही तल खसे पनि दुर्घटनाको कारण खुलेको छैन । दुर्घटना राति १० बजेतिर भएको थियो । दुर्घटना भएको जिपको पछि सशस्त्र प्रहरीको टोली भएकाले घाइतेहरुको तत्काल उद्धार गरिएको थियो ।

प्रकाशित : चैत्र २७, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?