कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय लिम्बुवान मञ्चको नयाँ नेतृत्व 

पहिचानको आधारमा नभए प्रदेशको नाम एक नम्बर नै राख्न आग्रह
आनन्द गौतम

ताप्लेजुङ — संघीय लिम्बुवान मञ्च ताप्लेजुङले नयाँ नेतृत्व चयन गरेको छ । पार्टीका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायतका जिम्मेवार पदाधिकारीले छोडेपछि अधिवेशन गरेको हो । भूपेन्द्र माबोको अध्यक्षतामा ४५ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । 

संघीय लिम्बुवान मञ्चको नयाँ नेतृत्व 

अधिवेशनले १ नम्बर प्रदेशको नामांकन गर्दा लिम्बुवान किरात खुम्बुवान राख्न माग गरेको छ । यदि नराखे १ नम्बर प्रदेश नै कायम गर्नपनि आग्रह गरेको छ ।


षड्यन्त्रपूर्वक सगरमाथा वा कोसी जस्ता नाम राखे पार्टी जस्तोसुकै मूल्य चुकाउन तयार रहेकोपनि विज्ञप्तीमार्फत् चेतावनी दिइएको छ । केन्द्रीय अध्यक्ष कुमार लिंङदेनले पहिचानको आधारमा १० राज्य हुनुपर्ने पुरानो अडान कायम रहेको भन्दै गैर भौगोलिक दलित शिल्पी स्वायत्त प्रदेश पनि हुनुपर्ने बताएका छन् ।

सत्ताको बागडोर सम्हालेको दुईतिहाइ बहुमतको सरकारका कारण राजनीतिक समस्या, महँगी, बेरोजगारी, महिला हिंसा र भ्रष्टाचार बढेको आरोप लिम्बुवानले लगाएको छ ।


मञ्चले लिम्बुवान, खम्बुवान, तामाङसालिङ, नेवा, शेर्पावान, मगरात, थरुहट, मधेस र खसान राज्यको माग गर्दै आएको छ । पहिचानको विरुद्धमा आउने जस्तोसुकै परिस्थितिको सामना गर्ने उद्देश्यले देशभरी सङ्गठन विस्तारको काम गरिरहेको मञ्चले जनाएको छ ।

अधिवेशनले विष्णुकुमार लिम्बू, रामकुमार साम्सोहाङ, रुपा चोङबाङ, नरेन्द्र आङबुहाङ उपाध्यक्ष पेली माबोहाङ, अशोक मादेन र सुजाता लाबुङ सचिव केदार ताम्लिङ कोषाध्यक्ष र नरेन्द्र कुमार माबो सह–कोषाध्यक्ष रहेको जिल्ला कार्य समिति गठन गरेको अध्यक्ष भूपेन्द्र माबोले जानकारी दिए ।


आइन्द्र विक्रम लिम्बू, सुत्रराज लिम्बू, मिलन यक्सो र विनय आङबुहाङलाइ सचिवालय सदस्यको जिम्मेवारी दिएको छ । उमा चोङबाङको अध्यक्षतामा २७ सदस्सीय विद्यार्थी युनियन गठन गरिएको छ ।

प्रकाशित : चैत्र २८, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?