कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिवारलाई १० लाख सहयोग

हात्ती आक्रमणमा मृत्यु
डिल्लीराम खतिवडा

उदयपुर — जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ  । बेलका नगरपालिका ३ का बुद्धिमान मगरका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराएको हो  ।

यसअघि हात्ती आक्रमणमा परी मृत्यु भएका रामकुमार सार्कीको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराइएको थियो । कोशी टप्पु वन्य जन्तु आरक्ष केन्द्रले उपलब्ध गराएको रकम डिभिजन वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद आचार्यले मृतक बुद्धिमानकी श्रीमती तीर्थमाया मगरलाई मंगलबार हस्तान्तरण गरेका हुन् । राहत रकम लिन कार्यालय आइपुगेकी तीर्थमायालाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन ।


बुद्धिमानलाई मसिर २६ मा कोशीटप्पुबाट निस्किएको जंगली हात्तीले जंगल नजिकै बसिररहेको अवस्थामा घिसारेर लगी कुल्चिँदा ज्यान गएको थियो । यस अघि साउन ३० गते घरमा बसिरहेको समयमा रामकुमरा सार्कीलाई हात्तीले कुल्चिएर मारेको थियो । हात्तीको आक्रमणबाट ज्यान गुमाएकालाई डिभिजन वन कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ दोश्रो संशोधन २०७४ को दफा ५ (क) -ई) बमोजिम राहत उपलब्ध गराउनका लागि तत्कालीन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस गरेको डिभिजन वन कार्यालयका सूचना अधिकृत जागेश्वर साहले बताए ।


'जंगली हात्तीको आक्रमणबाट यसै आर्थिक वर्षमा मात्रै ३ जनाको मृत्यु भएको छ ' सूचना अधिकृत साहले भने, 'हात्तीको आक्रमणबाट ज्यान गुमाएका मगरसहित बेलका नगरपालिका ३ का सार्की र त्रियुगा नगरपालिका १२ का ७८ वर्षीया सावित्रा राई छन ।'

मृत्यु राईलाई पनि राहत उपलब्ध गराउनका लागि सिफारिस गरिएको साहले बताए । मगरलाई गत मंसिर २६ गते र राईलाई पुस १५ गते जंगली हात्तीले आक्रमण गरेको थियो । आरक्षबाट निस्किएका जंगली हात्तीले बर्षेनी झन्डै आधा दर्जनको संख्यामा सर्वसाधारणलाई आक्रमण गर्ने गरेको छ भने स्थानीयले लगाएको अन्नबालीसमेत नष्ट गर्ने गरेको स्थानीयले बताए ।


बेलका, चौडन्डीगढी र त्रियुगा नगरपालिकाको त्रियुगा नदी तटीय क्षेत्र धानका लागि उर्बर मानिन्छ । तर बर्षेनी हात्तीले दुःख दिन लागेपछि किसान समस्यामा परेकेा बताउँछन् । विशेष गरेर धान बालि तयार भई भित्र्याउने समय हात्तीले दुःख दिने गरेको सर्वसाधारणको गुनासो छ ।

फसल तयार भई थन्क्याउने समयम नष्ट हुँदा खेतीमा संलग्न किसान समस्यामा परेको बेलका नगरपालिका २ का किसान ललितनारायण चौधरीले बताए । 'किसानको मुख्य बाली भनेकै धान, मकै र तरकारी खेती हो' चौधरीले भने, 'मुख्य बाली नै नष्ट भएपछि किसानलाई वर्षभरि नै गुजारा गर्न समस्या हुन्छ ।'


दिनभरि कोसी टप्पु र बेल कातरीको जंगलमा बस्ने हात्तीको समूह रात परेपछि बस्तीमा पसेर आतंक मचाउने गरेको किसान बताउँछन् । विशेष गरेर वर्षको दुई पटक धान र मकै खेतीको मौसममा हात्ती गाउँ प्रवेश गर्ने गरेको किसानले बताए ।


'वषौर्ंदेखि त्रियुगा नदी तटीय क्षेत्र आसपासमा हात्तीले सर्वसाधारणलाई दुःख दिने गरेकेा छ,' चौडन्डीगढी नगरपालिका ५ का वडाध्यक्ष देवनारायण चौधरीले भने, 'हात्ती नियन्त्रणका लागि स्थानीयस्तरबाट पटकपटक प्रयास गरिएको छ ।' तर स्रोत साधनबिना हात्ती नियन्त्रण गर्न सम्भव नरहेको उनले बताए ।

प्रकाशित : वैशाख १८, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?