कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यक्रमस्थलमै हृदयाघातले मृत्यु

पाँचथर — सदरमुकाम फिदिम नगरपालिका-१४ महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको स्वागत कार्यक्रम सञ्चालन भइरहेका बेला मृत्यु भएको छ । सोमबार आयोजित कार्यक्रममा मन्तव्य राखिसकेर कुर्सीमा बस्नासाथ उनको मृत्यु भएको थियो । 

उनी प्राथमिक तहको दरबन्दीमा जेठ १ गते नियुक्त भएका थिए । मन्तव्यपछि कुर्सीमा बस्नासाथ बेहोस भएका फागोको सहकर्मीले सम्हाल्दासम्हाल्दै मृत्यु भएको प्रधानाध्यापक कमल बाँस्कोटाले बताए ।


उनको हृदयाघातका कारण मृत्यु भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?