कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमाले गरिन् नाबालक छोराको हत्या

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुर नगरपालिका–९ पानिटयाङ्गीमा आमाले २२ महिने छोराको बिभत्स हत्या गरेकी छिन् । रामप्रसाद राई गाउँपालिका बासिखोरा घर भएकी २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् ।

सम्झनाको परिवार भिनाजुको घर पानीटयाङ्गीमा बस्दै आएका थिए ।

उनले मंगलबार बिहान ७ बजेतिर छोरालाई घरको छतमा लगेर खुकुरीले घाँटीमा हानेर दुई टुक्रा बनाएर बिभत्स तरिकाले हत्या गरेकी हुन् ।

लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सुर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम बाहिर गएको भोजपुर प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।

प्रहरीले सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । स्थानीयले सम्झनाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?