कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केन्द्रले दियो २ अर्ब १४ करोड

आनन्द गौतम

ताप्लेजुङ — केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि ताप्लेजुङका स्थानीय तहलाई २ अर्ब १४ करोड ११ लाख रुपैयाँ अनुदान दिएको छ । सबैभन्दा बढी अनुदान सिरिजंघा गाउँपालिकाले पाएको छ । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिका छ । 

गाउँपालिकाले बित्तीय समानीकरण र सशर्त अनुदान गरी २८ करोड ५९ लाख रुपैयाँ पाउने भएको छ । समानीकरणतर्फ १० करोड ९६ लाख र अनुदान १७ करोड ६३ लाख पाउने भएको हो ।


सिरिजंघापछिको बजेट आठराइ त्रिवेणी गाउँपालिकाले पाउने भएको छ । यो गाउँपालिकाले २४ करोड ४३ लाख रुपैयाँ पाउनेछ । गाउँपालिकाले समानीकरण तर्फ १० करोड १२ लाख र अनुदानतर्फ १४ करोड ३१ लाख प्राप्त गर्ने भएको हो । यस्तै पाथीभरा याङवरक गाउँपालिकाले २३ करोड २४ लाख प्राप्त गर्नेछ । समानीकरण तर्फ १० करोड ३ लाख र अनुदानको १३ करोड ३१ लाख प्राप्त गर्नेभएको हो ।


भौगोलिक हिसाबले जिल्लाकै ठूलो फक्ताङलुङ गाउँपालिकालाई २२ करोड ५३ लाख छुट्याइएको छ । समानीकरणतर्फ ९ करोड २५ लाख र अनुदान तर्फ १३ करोड २८ लाख छुट्याइएको हो । मेरिङदेन र सिदिङवा गाउँपालिकालाई समान २१ करोड ७८ लाख र २१ करोड ८० लाख छुट्याइएको छ । मेरिङदेनले समानीकरण तर्फ ९ करोड ८२ लाख र अनुदान ११ करोड ९६ लाख प्राप्त गर्नेभएको छभने सिदिङवाले समानीकरण तर्फ ९ करोड ३१ लाख र अनुदान १२ करोड ४९ लाख प्राप्त गर्ने भएको हो ।


मैवाखोलाले १९ करोड ५० लाख रुपैयाँ प्राप्त गर्दा मिक्वाखोला गाउँपालिकाले सबैभन्दा कम १६ करोड २३ लाख प्राप्त गर्नेछ । यसैगरी मैवाखोलाले समानीकरणतर्फ ८ करोड ८४ लाख र अनुदानतर्फ १० करोड ६६ लाख तथा मिक्वाखोलाले समानीकरणमा ७ करोड ८२ लाख र अनदानतर्फ ८ करोड ४१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


जिल्लाको एकमात्र फुङलिङ नगरपालिकालाई ३५ करोड ९१ लाख रुपैयाँ छुट्याइएको छ । समानीकरणतर्फ १५ करोड २२ लाख र अनुदान तर्फ २० करोड ६९ लाख छुट्याइएको हो । संघ र प्रदेशबाट प्राप्त अनुदान तथा आन्तरिक आयलाई समेटेर स्थानीय तहले बजेट बनाउने र कार्यान्वयन गर्ने चलन छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?