मेयर चौधरीले भने, 'सञ्चार जगतप्रति चोट पुर्‍याउने कुनै मनसाय छैन'

कान्तिपुर संवाददाता

मोरङ — इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले स्थानीय पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँचिदिने धम्की फिर्त्ता लिएका छन् । उनले आइतबार विज्ञप्ति निकालेर पत्रकार र प्रेस जगतलाई पर्न गएको आघातप्रति दुःख व्यक्त गरेका हुन् ।

'मंगलबार इटहरीका एक पत्रकार मित्रले फेसबुक कमेन्टको विषयलाई लिएर आक्रोशपूर्ण तरिकाले फोन गरेपछि भएका संवादका क्रममा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाइहरुबाट उहाँ र सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दछु,' विज्ञप्तिमा छ, 'प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्त्ता लिन चाहन्छु । मेरो सञ्चार जगतप्रति चोट पुर्‍याउने कुनै मनसाय छैन ।'
इटहरी उपमहानगर प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । 'हामी दुवै पक्ष परिष्कृत र परिमार्जित बन्दै इटहरीको समृद्धि र विकासमा अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो,' विज्ञप्तिमा भनिएको छ, 'प्रेस जगतको भूमिकाबिना नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु सम्भव हुने थिएनन् । प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढीकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउने कुरामा दुई मत नहोला ।'


भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको अभियानमा रहेकोले सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य रहेको उनले उल्लेख गरेका छन् । 'इटहरीको विकासका लागि उपमहानगरले कुनै कसर बाँकी राख्ने छैनौं,' विज्ञप्तिमा भनिएको छ, 'परिवर्तन र समृद्धिको यो यात्रामा सबै पक्षलाई समेल भइदिन अनुरोध छ ।'

प्रकाशित : जेष्ठ २६, २०७६ २०:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाँजा फडानी

कान्तिपुर संवाददाता

भक्तपुर — महानगरीय प्रहरी वृत्त जगातीले सल्लाघारीमा गाँजा फडानी गरेको छ । लागूपदार्थ दुर्व्यसनी न्यूनिकरणका लागि प्रहरी भक्तपुर-१ सल्लाघारीस्थित हनुमन्ते खोला किनारमा उम्रिएको करिब ३५ सय बोट गाँजा फडानी गरी नष्ट गरेको प्रहरी निरीक्षक झलक शर्माले बताए । 

प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वृत्त जगातीले लागूपदार्थ दुर्व्यसनी न्यूनिकरण, अवैध घरेलु मदिरा बिक्री वितरण रोकथाम अभियान थालेको उनले बताए ।

प्रकाशित : जेष्ठ २६, २०७६ २०:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT