कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बनाइ नसक्दै नाला भत्कियो

इनरुवा — इनरुवा नगरपालिकाबाट बोलपत्र आहान भएर टेन्डर ठेक्का लागेको पक्की नाला मंगलबार राति आएको आकाशे पानीले भत्काएको छ । इनरुवा ३ र ४ नम्बर वडाको सीमाक्षेत्रमा रहेको खानेपानी ट्याङकीदेखि महानन्द शालिक सम्मको उत्तर दक्षिण सडकको पूर्व तर्फ बनेको पक्की ढल नाला आकाशे पानी परे लगतै भत्किएको हो ।

पण्डित वहाव जेभी निमार्ण सेवाले ठेक्का सम्झौता गरी तीन साता अगाडि निमार्ण सम्पन्न गरेको साढे तीन फिट गहिराइको पक्की नाला पानी परे लगतै भत्किएको हो ।


स्थानीय विनोद दाहालका अनुसार कमसल सामग्री प्रयोग गरी कम गुणस्तरको इँटा प्रयोग भएकाले ३ नं वडा कार्यालयलाई जानकारी गराई काम रोक्क स्थानीयले आग्रह गरेका थिए । स्थानीयका अनुसार ठेकेदारले लापरबाही गरि निमार्ण गरेको हुँदा बनेको तिन साता नपुग्दै आकासे पानीले नाला भत्किएको बताए ।


इनरुवा ३ का प्रकाश बरालले ठेकेदारले लेवर मिस्त्रीको भरमा कमसल सामग्री प्रयोग गरी लापरबाही पूर्ण तरिकाले काम गरेको जानकारी समयमा सबैलाई गराउँदा समेत ध्यान नदिएकाले पानी पर्ने बितिकै नाला लडेको बताए ।


वडाअध्यक्ष कालुराम गुरुङले स्थानीयको गुनासो आएपछि वडा कार्यालयबाट स्थलगत अनुगमन गरी कमसल काम भइरहेको बारे सम्बन्धित निकाय र ठेकेदारलाई जानकारी गराउँदा पनि अटेर गरेकाले नाला सामान्य पानी पर्दा नै लडेको बताए । गुरुङले भने, ‘ठेकेदारको ठेक्का रद्ध गरी निजलाई कारबाही गरिनु पर्छ ।’


इनरुवा नगरपालिका योजना शाखाका जीवन भट्टराईले ठेक्का सम्झौताअनुसार पण्डित वहाव जेभी निर्माण सेवाले कामको जिम्मेवारी पाएकाले भत्किएको नाला पुनःर्निमाण गरे मात्र रकम भुक्तानी पाउने भएकाले हाल रकम निकासा नगरिएकाले क्षतीको जिम्मेवार ठेकेदार आफै हुन पर्ने बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?