कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा दुई युवकको मृत्यु   

उदयपुर — मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका- ७ लाटी खोलामा आज बिहान १० बजे भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।

बसाहबाट बेल्टार बजार आउँदै गरेको स १प ३६१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा२क ७०९ नम्बरको टिपरले ठक्कर दिँदा चौदण्डीगढी नगरपालिका- ४ बसाहका ४५ वर्षीय खगेन्द्र राई र ३५ वर्षीय जीवन राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले बताए ।

मोटरसाइकल ठक्कर दिने टिपर चालक फरार रहेको प्रहरी निरीक्षक पौडेलले बताए । टिपर इलाका प्रहरी कार्यलय बेल्टारको नियन्त्रणमा छ । टिपर लोकमार्गमा निर्माण हुँदै गरेको पुलका लागि कोभेक/रसुवा /तुन्दी जेभीले प्रयोग गरेको हो ।

प्रकाशित : असार ४, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?