कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोमा पुरिएर परिवारका ३ बेपत्ता

एलिसा श्रेष्ठ

भोजपुर — रामप्रसाद राई गाउँपालिका ५ मा झरेको पहिरोले घर सहित बगाएर तीनजना बेपत्ता भएका छन् । स्थानीय कुमार राईको भान्सा घरसहित उनकी ३५ वर्षीया श्रीमती मनकुमारी, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

करिब सय मिटर माथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका हुन् । स्काभेटर प्रयोग गरी पहिलो पन्साउने काम भइरहेको छ । उनीहरुको खोजी भइरहेको भोजपुर प्रहरी प्रमुख नरबहादुर मगरले बताए ।

प्रकाशित : असार २८, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?