कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढी पहिरोमा २ को मृत्यु

उदयपुर — अविरल वर्षात्‌सँगै आएको बाढी पहिरोमा परी रौतामाई गाउँपालिका ७ र ८ मा मंगलबार २ जनाको मृत्यु भएको छ । पहिरोमा ५५ वर्षीया रणमाया रिखामा मगर र बाढीले बगाएर १४ वर्षीय आर्यन तामाङको मृत्यु भएको हो ।

सोमबार राति छौडा खोलामा अचानक आएको बाढीले घरमा सुतिरहेका आमा सुनिता तामाङ र छोरा आर्यन तामाङलाई बगाएको थियो ।


प्रहरी र स्थानीयले आमालाई जिवितै उद्धार गरेका थिए भने बाढीले बगाएर बेपत्ता भएका आर्यन मंगलबार त्रियुगा नगरपालिको चुहाडे नजिकै त्रियुगा खोला किनारमा मृत फेला परेको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए । घाइते सुनितालाई थप उपचारको लागि विराटनगर पठाइएको प्रहरी उपरीक्षक बुढामगरले बताए । उनको अवस्था पनि चिन्ताजनक छ ।


बालकका बुवा अर्जुन तामाङ पनि घाइते छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीले मुकुची बजारको जनजीवनसमेत प्रभावित भएको छ ।


यसैगरी रौतमाई गाउँपालिका ८ डिल्लीबरमा घरमाथिबाट खसेको पहिरोमा पुरीएर रणमायाको मृत्यु भएको छ । सडक अवरुद्ध भएकोले प्रहरीले घटनास्थल पुग्न समस्या परेको छ । प्रहरी उपरीक्षक बुढामगरले वैकल्पिक बाटोबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको बताए ।

प्रकाशित : असार ३१, २०७६ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?