कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेतमा परेको चट्याङले मृत्यु

विराटनगर — खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर मोरङको धनपालथान गाउपालिका ३ सोराभागका ५० वर्षीय श्याम मण्डलको सोमबार मृत्यु भएको छ । धान रोप्न खेत हिल्याइरहेको अवस्थामा परेको चट्याङले लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनले खेत जोत्न प्रयोग गरेका दुईवटा गोरु पनि चट्याङ लागेर मरेका छन् । मोरङकै सुनवर्षी ९ मा चट्याङ लागेर स्थानीय २८ वर्षीया लक्ष्मीदेवी केबिरथ घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित : श्रावण ६, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?