१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एक घरमा आगलागी हुँदा ७० लाखको क्षति

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिम नगरपालिका-१० मा सोमवार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

एक घरमा आगलागी हुँदा ७० लाखको क्षति

आगलागीबाट स्थानीय लक्ष्मीप्रसाद जवेगूको घर जलेर नष्ट भएको हो । आगलागीमा ७० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पुजा कोठामा बालिएको दियो आगो सल्किँदा घर जलेको वडाध्यक्ष होमराज थाम्सुहाङले बताए । आगो फिदिम नगरपालिकाको दमकल , प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : वैशाख १७, २०८१ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?