कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृति जोगाउन महोत्सव

पवन यादव

सिमरा — लोप हुँदै गएको थारु जातिको लोक संस्कृति जोगाउन थारु कल्याणकारिणी सभा बाराले कोल्हवी नगरपालिका ५ बलुवा खेलकुद मैदानमा मंगलबार देखि ३ दिने ‘थारु माघी सांस्कृतिक महोत्सव २०७५’ को आयोजना गरेको छ । 

संस्कृति जोगाउन महोत्सव

थारु समुदायको कला, सांस्कृतिक, आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक विकास गर्न महोत्सवको माध्यमबाट एकताको सन्देश दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभा बाराका सचिव यादवकृष्ण चौधरीले बताए ।


‘जिल्लामा छरिएर रहेका थारुलाई एक ढिक्का बनाउन प्रयास गर्दैछौं,’ उनले भने, ‘थारु युवा जमातले जातीय कला संस्कृति बिर्सदै गएका छन् ।’ उनीहरुलाई आफ्नो जातीय रहनसहन, खानाको परिकार लगायतको बारेमा महोत्सवको माध्यमबाट जानकारी गराउन लागेका छौँ ।

विगत ३ वर्षदेखि महोत्सवलाई निरन्तरता दिन थालिएको उनले जानकारी दिए । महोत्सवस्थलमा थारु संस्कृति झल्किने ५० वटा स्टल राखिएको उनले जानकारी दिए ।


माघ १ गतेलाई थारु समुदायले आफ्नो नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । यही नयाँ वर्षलाई व्यवस्थित तरिकाले मनाउन र आफ्नो जातीय कला, संस्कृतिको जगेर्ना गर्न महोत्सवमा रुपान्तरण गरिएको थारु कल्याणकारिणी सभा बाराका अध्यक्ष रामप्रसाद चौधरीले बताए ।


‘छरिएर बसेका जिल्लाका सबै थारुलाई एक ढिक्का बनाउन थालेका छौँ,’ उनले भने, ‘माघीको मुख्य परिकार बन्हुई, तिलुवा, सथौरा (केसार) लगायतले पनि एकताको सन्देश दिन्छ ।’

यो पर्वले विवाह गरेर ससुराल गएकी छोरी बेटीलाई पनि आफ्नो घरपरिवारलाई एक ढिक्का राख्न सुझाव दिन्छ । कोहीसँग झै झगडा नगर्नु, घरपरिवारलाई सधै मिलाएर लाई जस्तै एक ढिक्का बनाएर राख्नु भनी सन्देश दिने गरेको चौधरीले बताए ।

महोत्सव उद्घाटन समारोहमा थारु जातिको परम्परागत ठकरा, झिझिया, हरफरउरी लगायतका नृत्य प्रदर्शन गरिएको थियो ।

प्रकाशित : माघ १, २०७५ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?