कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सचिवमाथि कुटपिट गर्ने मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेसको माग

(जनकपुर ) — कांग्रेस धनुषाले प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई बर्खास्त गर्न माग गरेको छ । मन्त्री यादवको क्रियाकलाप लोकतन्त्र र विधिको शासनविपरीत भएको उल्लेख गर्दै कांग्रेस धनुषाले उनलाई हटाउन माग गरेको हो । 

सचिवमाथि कुटपिट गर्ने मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेसको माग

बुधबार प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य नवेन्द्रनाथ जोशी र धनुषाका सभापति महेशशंकर गिरीले मन्त्री यादवलाई बर्खास्त गर्नु पर्ने माग गरे । ‘मन्त्रीले सचिवलाई आफ्नै कार्यकक्षमा बोलाएर कुट्नु आपराधिक घटना हो । विधिको शासनविपरीत हो अनि समाजमा भय, त्रास, सिर्जना गर्ने काम हो’कांग्रेस नेता जोशीले भने, 'यस्तो मन्त्रीमाथि कारबाही हुनै पर्दछ ।'

यो पनि पढौं : प्रदेश २ का मन्त्रीले कुटे सचिव

कांग्रेस धनुषाका सभापति गिरीले कर्मचारीहरुले थालेको आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको बताए । उनका अनुसार सोही विषयमा पार्टीको आधिकारिक धारणा बनाउन बुधबार जिल्ला कमिटीको बैठक बोलाइएको छ ।


नेकपाका प्रदेश इन्चार्ज तथा प्रदेश २ संसद्‍का वरिष्ठ नेता सत्यनारायण मण्डलले मन्त्री र सचिव बीचको झगडालाई ‘प्रदेशलाई बदनाम गराएको दुखद् घटना’को संज्ञा दिएका छन् । कान्तिपुरसँगको फोन सम्पर्कमा उनले भने –‘यो घटना दुखद् हो । प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । समितिको प्रतिवेदनपश्चात् पार्टीको आधिकारिक धारणा आउँछ ।’

प्रकाशित : माघ २, २०७५ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?