कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओभरलोडले सडक कमजोर

पुलमा ४५ टन भार क्षमताका मालबाहक सवारी निर्वाध रुपमा ओहोरदोहोर गरिरहेका छन्, जसको भार बहन क्षमता १७ टन मात्र छ 
शिव पुरी

रौतहट — सडक क्षमताभन्दा दोब्बर बढी भार बोकेका भारतीय मालबाहक गाडी ओहोरदोहार गर्न थालेपछि चन्द्रनिगाहपुर(गौर खण्डको सडक कमजोर बन्दै गएको छ । सम्बन्धित निकायले चासो देखाएको छैन ।

यता बढी भारकै कारण सदरमुकाम गौरस्थित नेपाल भारत सीमाक्षेत्र (दशगजामा) बनाइएको मितेरी पुल कमजोर बन्दै गएको छ ।

सडक क्षमताभन्दा झण्डै दोब्बर तौलको कोइलालगायत सामान बोकेर भारतीय ट्रक पूर्वी नाका काँकडभिट्टबाट प्रवेश गरी चन्द्रनिगाहपुर हुँदै गौरसम्म पुग्छन् । उनीहरूको भार सडकले थेग्नै नसक्ने हुन्छ । यस्तै गौर भन्सार नाका हुँदै दैनिक भारतीय मालबाहक ट्रक मितेरी पुल भएर नेपाल आउन थालेपछि पुलको अवस्था कमजोर बन्दै गएको छ ।


करिब १० वर्षअघि भारत सरकारको सहयोगमा निर्माण गरिएका पुलको क्षमता १७ टन मात्र हो । अहिले पुलमा ४५ टन भार क्षमताका मालबाहक सवारी निर्वाध रुपमा ओहोर दोहोर गरिरहेका छन् । यसले पुल भासिने खतरा बढेको छ । पछिल्लो ६ महिना यता यस्ता सवारी यही बाटो भएर चल्ने गरेको छ । यो रुट भएर मालबाहक गाडी चल्दैनथ्यो ।


गौर चन्द्रनिगाहपुर सडक पर एक्सल १० टनको क्षमताको हो । तर दोब्बर लोड गरिएका भारतीय गाडी निर्बाध रुपमा चल्न थालेका छन् । रोड र पुलको क्षमताभन्दा दोब्बर मालसामान बोकेर भारतीय गाडी ओहोरदोहोर गर्छन् । सम्बन्धित निकायले अहिलेसम्म ध्यान नदिएको स्थानीयको आरोप छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिई दरोगा प्रसादले बढी भार बोकेको भारतीय सवारीका बारेमा केही बताउन चाहेनन् ।


अहिले दैनिक आधा दर्जन भारतीय १८ चक्के गाडी ४५ टनभन्दा बढी कोइला बोकेर आउने गर्छन् । बढी भारकै कारण गौर चन्द्रनिगाहपुर सडक खण्डको धेरैजसो ठाउँमा कालोपत्रे उप्केको छ । स्थानीय प्रशासनले चाँडोभन्दा चाँडो बढी भार बोकेर आउने भारतीय गाडीलाई कडाइ गर्नुपर्ने सडकका एक प्राविधिकले बताए ।


यता भारतको बैरगनिया बजारबाट प्याज, आलु, सिमेन्टमा प्रयोग हुने ‘र’ मेटेरियल क्लिंकर, लाइएस, मार्वल टायलस, प्यान सिट, कोइलालगायत सामान बोकेर मालबाहक ट्रक निर्वाध रुपमा ओहरदोहर गरिरहेका छन् । पुलको क्षमताभन्दा दोब्बर भार भएको भारतीय गाडी निरन्तर गुड्न थालेपछि पुल जीर्ण बन्ने स्थानीय वीरेन्द्र बस्नेतले बताए ।


‘क्षमताभन्दा दोब्बर समान बोकेर ट्रक गुडेपछि पुल र सडक कमजोर हुँदै गएको छ,’ उनले भने, ‘समयमा सम्बन्धित निकायले कडाइ गरेन भने चाँडै सडक जीर्ण बन्छ ।’ भारतबाट वीरंगज आउने ट्रकसमेत यही मार्ग भएर जान थालेको छ । कोइलाको अलावा बढी भार बोकेका मालबाहक ट्रक दैनिक रुपमा ७/८ वटा सम्म जाने गरेको पाइएको छ । यस्ता सवारीले गौर(चन्द्रनिगाहपुर खण्डको सडकलाई कमजोर बनाएको छ । क्षमताभन्दा दोब्बर सामान बोक्ने गाडी चल्न थालेपछि सडकको आयु घट्दै गएको स्थानीय भरत आचार्यले बताए । ‘

प्रकाशित : माघ ३, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?