कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधा जलाएको अवस्थामा किशोरीको शव फेला  

श्यामसुन्दर शशि

जनकपुर — उत्तरीपूर्वी धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरस्थित मगरटोलमा बिहीवार एक ११ वर्षीया किशोरीकाे जलाएर हत्या गरेको अवस्थामा शव फेला परेको छ । 

प्रहरी उपरीक्षक शेखर खनालले बिहीबार बिहान ८ बजे हरिहरपुरस्थित मगरटोलवासीहरु खेतमा काम गर्न जाने क्रममा गाउँ नजिककै उखुवारीमा किशोरीको आधा जलेको शव देखे पछि प्रहरीलाई सूचना दिएको जानकारी दिए ।

मृतक किशोरी हरिहरपुर मगरटोलका देवनारायण रसाइलीकी ११ वर्षीया छोरी रेश्मा रसाइली भएको एसपी खनालले जानकारी दिए ।

रेश्मा बुधवार राती गाउँमै आयोजित एक विवाह भोजमा सहभागी भएकी थिइन । स्थानीयले रेश्मालाई विवाहमा नाचगानमा रमाउँदै गरेको देखेका थिए । ‘विवाहस्थलबाटै कसैले किशोरीलाई ललाईफकाई वा जर्बजस्ती उखुबारीतर्फ लगेको हुनसक्ने आशंका छ । अनुसन्धान सबैथोक खुल्छ,’ एसपी खनालले भने ।

घटनास्थलबाट जैविक तथा भौतिक प्रमाणहरु संकलन गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले बताए । घटनामा संलग्न भएको आशंकामा स्थानीय पाँच युवकलाई नियन्त्रणमा लिई अनुसन्धान पछि छाडिएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?