कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धर्म परिवर्तनले परिवारमा कलह

ओमप्रकाश ठाकुर

सर्लाही — मुलुक धर्म निरपेक्ष घोषणा भएसँगै विभिन्न धर्मका व्यक्ति धर्म परिवर्तन गराउनमा जुटेका छन् । एकै परिवारका व्यक्ति अनेक धर्मसँग जोडिँदा परिवारमा कलह बढेको छ । 

एकै फरिवारका एक व्यक्ति व्यत्ति आफ्ना धर्म संगत काम गरिरहँदा अर्काले भने आपत्ति मानिरहेको हुन्छ । आपत्ति जनाउँदा परिवारमा कलह बढेको हो ।


बरहथवा नगरपालिकाको एक बस्तीका एक परिवारमा बुधबार कलह भएको थियो । उमेरले बुढ्यौली नाघेका एक व्यक्ति धर्मकै नाममा आफ्ना घरमा बाजाबाज गरिरहेका थिए । उनका सन्ततिले आफ्ना बाआमाको यस्तो अवस्था कहिल्यै देखेका थिएनन् । बाआमाको अवस्था हेरेर छोराछोरी तनावमा थिए ।


झगडिरहेको बाआमालाई छुटाएर घरभित्र राखे । उनले धर्मका नाममा भ्रम फैलाएर सरकारकै तलब खाएर बसेका केही व्यक्तिको प्रभावमा परेर बाले धर्म परिवर्तन गरेको बताए । हाम्रो परिवार सुखी र खुसी परिवार थियो, मुलुक धर्मनिरपेक्ष भएसँगै विभिन्न धर्म मान्नेहरू अनेक प्रभाव देखाइरहेका छन्,’ उनले भने, ‘यो प्रभावमा मेरो बा पर्नुभयो, धर्म परिवर्तनसँगै परिवारमा कलह बढेको छ ।’ उनले यस्ता धर्मको बारेमा भ्रम फैलाउनेलाई सरकारले करबाही गर्नुपर्ने बताए । पहिलादेखि गाउँमा नाम कमाएका व्यक्ति धर्मको नाममा परिवारमा झगडिरहेको दृश्य देख्दा स्थानीय पनि छक्क परेका थिए ।


यसअघि उनको परिवारमा कहिल्यै कलह भएको स्थानीयले देखेका थिएनन् । उनको परिवार अहिले पनि सभ्य, शिक्षित र भद्रमा गनिन्छ तर धर्मको नाममा मत विभाजन हुँदा परिवारमा कुरो मिल्न सकेको छैन ।


परिवारमा कुरा नमिल्दा उनको आफ्नै घरमा कलह बढेको छ । बुधबार बिहान उनले आफ्ना धमअनुसार काम गर्न खोज्दा उनकी श्रीमतीले आपत्ति जनाएपछि विवाद बढेको थियो । ५० वर्षअघि सँगै जिउने वाचासहित विवाह बन्धनमा बाँधिएका उनी अहिले धर्मकै नाममा कटु शत्रु बनेका छन् । उनीहरूले एकअर्कालाई घृणाको नजरले हेर्ने गरेका छन् । केही दिनअघि मात्र ज्येष्ठ नागरिकसमेत रहेका उनले धर्म परिवर्तन गरेका थिए । धर्म परिवर्तन गर्दा कहिल्यै रोग नलाग्ने, आर्थिक हिसाबले पनि सम्पन्नता आउने भ्रममा परेर उनले धर्म परिवर्तन गरेका थिए तर उनले त्यो कुरा पाउन सकेका छैनन् ।


झन् बुढ्यौली उमेरमा रोगले चाप्दै गएको छ । उनको आफ्नो इच्छा पूरा नभए पनि त्यो धर्मबाट बाहिर निक्लिन सकेका छैनन् । उनी अहिले त्यो धर्मप्रति एकोहोरो भएका छन् । तराई मधेसमा धर्म परिवर्तनको होड नै चलेको छ । धर्म परिवर्तन गराउने व्यक्ति आफ्ना केही निहित स्वार्थका लागि गराइएको धर्म परिवर्तनले पारिवारिक र सामाजिक कलह बढाएको छ । सरकारी तलब खाने व्यक्ति नै धर्म परिवर्तनको खेलमा लागेको स्थानीयको आरोप छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?