कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढे आगलागीका घटना

सर्लाही — सुक्खा मौसम, हावाहुरी र लामखुट्टे धपाउन बालिएको घुरका कारण जिल्लामा दैनिकजसो आगलागीका घटना बढ्दै गएको छ । बुधबार मात्र जिल्लाका विभिन्न स्थानमा भएका आगलागीबाट २० लाखभन्दा बढीको क्षति भएको छ । हरिवन, कविलासी, ईश्वरपुर र बरहथवामा भएको आगलागीले २० लाख २४ हजार बराबरको धनमाल जलेर नष्ट प्रहरीको भनाइ छ ।

कविलासी नगरपालिका ३, मदनपुरमा आगलागी हुँदा राजकुमार साहको चौपाया बाध्ने गोठसँगै एउटा पाडो, २ खसी र २ हाँस जलेर मरेका छन् । गोठमा लामखुट्टे धपाउन बालिएको आगोबाट साहको २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


हरिवन ११, बालगंगाका शेष जवैयरको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । विद्युत् सर्ट भई आगो लाग्दा घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । खाना बनाउने क्रममा बरहथवा नगरपालिका ७, दुधडेरीमा आगलागी हुँदा १ लाख ७४ हजार बराबरको क्षति भएको छ । आगलागीबाट स्थानीय बेचन मुखियाले सञ्चालन गरेको बरफ उद्योगमा बरफ बनाउने क्रिम र केमिकलमा पनि आगो लागेको छ । उद्योगमा आंशिक क्षति पुगेको छ ।


यसैगरी ईश्वरपुर ७, कोठाटोलका रितेश महतोको घरमा आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ । हावाहुरीको मौसम सुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेको छ । घटना हुन नदिन सावधानी अपनाउन स्थानीय प्रशासनले सचेत गराए पनि न्यूनीकरण हुन सकेको छैन ।


प्रकाशित : चैत्र १, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?