४४ करोडका तीन पुल शिलान्यास 

मन्त्रीमण्डल फेरवदल विषय हल्लामात्र भएको मन्त्री महासेठको दावी
श्यामसुन्दर शशि

जनकपुर — भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शुक्रबार धनुषामा तीनवटा पुलको शिलान्यास गरेका छन् । तीनवटै पुल धनुषाको क्षेत्र नम्बर ३ अन्तरगत दूधमती, जमुनी र जल्लाद नदीमा निर्माण हुन लागेको हो । 

दूधमती पूलको शिलान्यास गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ । तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर  

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री महासेठले मन्त्रीमण्डल हेरफेरको विषय हल्लामात्र रहेको बताएका छन् । 'मन्त्रीमण्डल फेरबदल हुनु अनौठो कुरा होइन तर अहिले यो हल्लामात्र हो । यस किसिमको जानकारी मलाई छैन ।'

Citizen

सरकारले विकास निर्माणलाई अर्जुन दृष्टि बनाएको भन्दै उनले चार वर्षभित्र नेपालको मुहार फेरिने दाबी गरे । मन्त्री महासेठले अगामि चार वर्षभित्र पूर्वपश्चिम विद्युतीय रेल मार्ग, जलमार्ग तथा स्थलमार्गको सञ्जाल निर्माण हुने बताए । 'चार वर्षभित्र ६ देखि ८ हजार किलोमिटर सडक र १ हजार २ सय पुल निर्माण गर्ने सरकारको लक्ष्य छ । हेर्दै जानुहोला नेपालमा सडकको सञ्जाल बन्दैछ,' उनले भने ।

स्वतन्त्र मधेशको माग गर्दै आएका सीके राउतलाई मूलप्रवाहमा ल्याउनु सरकारको उपलब्धि भएको बताए । 'राउतजीलाई विखण्डनकारी कित्ताबाट लोकतान्त्रिक कित्तामा ल्याउनु सरकारको ठूलो उपलब्धि हो,' उनले भने, 'राउतजी लोकतान्त्रिक पद्धति अनुसार आफ्नो गतिविधि अघि बढाउनु हुन्छ भने हामी आशावादी छौं । अराजक गतिविधि गर्ने विप्लव होस् कि राउत यस्तासँग सरकार कडा रुपमा प्रस्तुत हुन्छ ।'

सिमावर्ती जटही-जनकपुर जोड्ने ६ लेन सडकमा पर्ने दूधमति नदीमा १२ करोड ४५ लाखमा २२ मिटर लामो पुल, जमुनी नदीमा २१ करोड १६ लाख ७६ हजारमा ५० मिटर, गंगुलीस्थित जल्लाद नदीमा ११ करोड १६ लाख लागतमा २५ मिटर लामो पुलको ठेक्का भएको योजना प्रमुख बिरेन्द्रप्रसाद यादवले जानकारी दिए ।

प्रकाशित : चैत्र १, २०७५ १७:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वरिष्ठ प्राध्यापक बाडुलाई मानार्थ विद्यावारिधि

कान्तिपुर संवाददाता

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयू) ले स्विस फेडेरल इन्ष्टिच्युट अफ टेक्नोलोजीका वरिष्ठ प्राध्यापक जँ क्लड बाडुलाई मानार्थ विधावारिधि प्रदान गरेको छ । शुक्रबार धुलिखेलस्थित विश्वविद्यालयमा भएको विशेष दीक्षान्त समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको तीब्रतर विकासका लागि सरकार प्रयत्नशील रहेको बताए । स्विजरल्यान्ड र नेपाल धेरै अर्थमा समान भएको भन्दै उनले नेपाल पछाडि पर्नुको कारण खोजिनुपर्ने बताए । उनले विज्ञान र प्रबिधिको क्षेत्रमा विकास नभएको भए आफ्नो १२ औ‌ं पुन्यतिथि हुने तर्क गर्दा हलमा हासो छुटेको थियाे ।

केयूले मानार्थ विधावारिधि प्रदान गरेको यो चौथो पटक हो । सन् २०११ मा पहिलो पटक संस्कृतविद् तथा लेखक सत्यमोहन जोशीलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । सन् २०११ मै भारतका विद्धान तथा राजनीतिज्ञ डा. करण सिंहलाई र भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई प्रदान गरिएको थियो ।

बाडु प्रसिद्ध सिभिल इञ्जिनियर हुन् । बाडुले सन् २००३ देखि नेपाल र काठमाडौ विश्वविद्यालयलाई यान्त्रिक, भौतिक, आर्थिक तथा मानव स‌ंशाधन क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको केयूका सूचना संयोजक हेमराज काफ्लेले जानकारी दिए । बायोटेक्नोलोजी, जियोम्याटिक्स इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ जस्ता कार्यक्रममा विशेष योगदान पुर्‍याएको विश्वविद्यालयले जनाएको छ ।

सन् १९९२ देखि २००० सम्म स्विस फेडेरल इन्ष्टिच्युट अफ टेक्नोलोजीको अध्यक्ष रहँदा बाडुले प्राज्ञिक र औद्योगिक क्षेत्रबीच उच्च सहकार्यको परम्परा आरम्भ गरेका थिए । एकैपटक १ सय ३९ जना औद्याेगिक क्षेत्रका विशेषज्ञहरुलाई प्राध्यापन पेशामा स‌ंलग्न गराएका थिए ।

प्रकाशित : चैत्र १, २०७५ १६:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT