कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउन थाल्यो डम्फा

सन्तोष सिंह

धनुषा — हे डम्फाके चोट महल बिच पहुचए,
सुतलि गोरिया चहकि उठय एहि फागुनमे
परदेशियाके चिठ्ठीया लिखैए गोरिया एहि फागुनमे ।। 
अर्थात डम्फाको आवाज महलमा पुगेपछि निदाएकी सुन्दरीको निन्द्रा फागुनमा भंग हुन्छ र प्रीयलाई यहि फागुनमा चिठी लेख्छ । 

हराउन थाल्यो डम्फा

प्रिय र प्रेयसी बीचको सुमधुर भावना समेटिएको होलैया र जोगिराहरू लोप भएका छन् । मध्य रातमा गाउँमा होलीसम्म गुञ्जिने डम्फाको अवाज र जोगिरा अब मधेसको गाउँमा गुञ्जिन छोडिसकेको छ । डम्फार र जोगिराको स्थान भोजपुरी अश्लील गीत र डिजेले पाएको छ । संस्कृति संरक्षण र परम्पराको निरन्तरता दिन अभियान चलाए पनि होलैया र जोगिरा सहरको मञ्च र भाषणमा सीमित भएको छ ।


जनकपुरका कलाकार रामनरायण ठाकुर गाउँमा लोप हुन नदिन जनकपुरमा होरी महोत्सव आयोजना गरिएको बताए । गाउँमा कीर्तन गर्ने मण्डलीहरू हुन्थे र उनीहरूले नै फुगवामा मध्यरातसम्म होरी गाउथे, कलाकार ठाकुरले भने, ‘पहिला हरेक घरमा १० जना बस्ने दलान हुन्थ्यो । दलानमा मण्डलीहरू बसेर होरी गाउथे । अब, दलान नै छैन । कहाँ गाउने । होरी गाउने मण्डली पनि छैन । युवा पुस्तालाई ध्यान जादैन र फुर्सद पनि छैन । होरी लोप हुन नदिन जनकपुरका कलाकारहरूको पहलमा धनुषाको गिद्धा, बेला, कट्टैया, कन्कपट्टी र महोतरीको पिपरा, हर्दियामा कीर्तन मण्डलीलाई डम्फा बजाएर होरीको अभ्यास गराइरहेका छौं, उनले भने ।


सुनिन छेडिएका होली गीत र जोगिराहरू लोपहुनुमा युवा पुस्ता मुख्य रूपमा दोषी रहेको जानकारहरू बताउँछन् । भोजपुरी अश्लील संगीतमा युवा रमाउनु नै मधेसबाट होलैया र जोगिरा हराउनु मुख्य कारण बनेको छ ।


डम्फा, ढोलक, मृदंग, झ्याली, हार्मोनिया लगायतका बाजाका साथ सवाल जवाफ शैलीमा गाइने जोगिराहरू मिथिलाञ्चलका मौलिक सम्पदा भए पनि अहिले विभिन्न कारणले धरोहर हराउँदै गाएको हो ।


मिथिलामा नयाँ भ्यालेन्टाइनी संस्कृति हावी हुँदा प्रकृति, धर्म र दर्शनले महत्त्वपूर्ण मानिएको राग (सुर) रंगको मिश्रित धरोहर होरी धरापमा परेको त्रिभुवन विश्वविद्यालय कार्यारत मैथलीका प्राध्यापक प्रमेश्वर कापडीले बताए ।


ग्रामीण समाजका बृद्धाले संरक्षण गरेको धर्म, संस्कृति, प्रकृति तथा मनोरञ्जनको संगम होरी भ्यालेन्टाइनी संस्कृतिमा रमाउने युवा पुस्तामा हस्थान्तरण नहुँदा र युवाहरूले अमूल्य संस्कृतिको मर्मम नबुझदा होरी धरापमा परेको उनले प्रस्ट पारे । होरी संरक्षण गर्ने ग्रामीण समाज आलोचित भएको छ, उनले भने ।


डम्फाको ताल र धमकमा गाउने राग रंग मिश्रित होरी (जोगिरा) को आन्नद पसलको मदिराले दिन सक्दैन, कापडीले भने, ‘बृद्धलाई जवान बनाउने डम्फाको धमकले दिने मनोरञ्जनको महत्व भ्यालेन्टाइनी युवा पुस्तालाई बुझाएर संस्कृति बचाउन जनकपुरमा भइरहेको प्रयास ग्रामीण समाजसम्म पुर्‍याउनुपर्छ ।


नेपाली दोहरी गीतसँग मिल्दाजुल्दा जोगिरा र होलैया फागुवा सुरुवातसँगै मिथिलाञ्चलको गाउँगाउँको वातावरणमा एक किसिमको मादकता र मोहकता ल्याउथे । मान्यजनबाट आशीर्वाद ग्रहण, विजयोत्सवका साथसाथै हंसीठट्टाको पर्वका रूपमा रहेको होलीमा एकआपसमा रंग, अविर दलेर शत्रुता मेटाइने परम्परा रहेको छ । पछिल्लो समयमा होलीमा मदिरा सेवनले शत्रुता बढ्ने गरेको पाइएको छ ।


वसन्त पञ्चमीदेखि नै मिथिलाञ्चलमा सुरु भएको मानिने होली १५ दिवसीय परिक्रमा महोत्तरीको कञ्चनवन पुगेपछि थप उत्साहमय भई होली सुरु हुन्छ । कञ्चनवनमा परिक्रमावासीले रंग अबिर दलेर होलीको आरम्भ गर्छन् । होलीको दिन गाउमा मण्डलीहरूले होरी गाउँदै गरिने गाउँ परिक्रमाका लागि महिना दिनअघि देखि नै तयारी हुने गर्थ्यो ।


तर, अहिले समय अभाव तथा उच्छृंखल क्रियाक्लाप र भोजपुरी गीतहरूको कारण परम्परा नै स्थगित भएको महोतरी गौशालाका रामाअशिष कुशवाहाले बताए । बृद्धहरू डम्फा बजाएर जोगिरा गाउन सक्दैन, शिक्षक कुशवाहाले भने, ‘युवा संस्कृति जोगाउनुको साटो मादक पदार्थ सेवन गरी होली मनाउन थाले ।’

प्रकाशित : चैत्र ५, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?