कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साना सिलिन्डरमा प्रशासनको बेवास्ता 

शिव पुरी

रौतहट — गौर चन्द्रनिगाहपुर खण्डका राजमार्गका पसलमा मापदण्ड विपरीतका साना सिलिन्डर ५ वर्षदेखि बिक्री भएका छन् । स्थानीय प्रशासनले कडाइ गरे पनि व्यापारीले बाहिर देखाएरै बिक्री गरेका छन् । सुरक्षाको दृष्टिकोणले यो खतरा छ । पसल छेउबाट प्रशासन प्रमुख र सुरक्षाअधिकारी ओहोर दोहोर गर्छन् तर कुनै वास्ता गर्दैनन् । 

साना सिलिन्डरमा प्रशासनको बेवास्ता 

जिल्लाको सदरमुकाम गौर, शिवनगर, गरुडा, बिर्ता, चन्द्रनिगाहपुरलगायत बजारस्थित किराना तथा भाँडा पसल र ग्यास डिलरहरूमा साना सिलिन्डर बिक्रि भएका छन् । बढी मुनाफा कमाउने उदेश्यले व्यापारीले ठुला सिलिन्डरबाट सानामा ग्यास समेत भर्ने गरेका छन् । यसरी भर्दा निकै जोखीम हुन्छ ।


सुरक्षा मापदण्ड पुरा नगरी बनाईएका साना सिलिन्डर खतरापूर्ण रहे पनि बजारमा लामो समयदेखि निर्वाध रूपमा बिक्री हुँदै आएको हो । शिवनगरस्थित बाटोमै ठुला ग्यासबाट साना सिलिनडरमा भर्ने गर्छन् । व्यापारीले १ सय ३० रुपैयाँ प्रतिकेजीमा भारतीय सिलिन्डरमा ग्यास भर्ने गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले यसको रोकथामबारे गृहकार्य भइरहेको बताए । ‘एकै चोटी एक्सनामा जाँदा सहज हुँदैन,’ उनले भने, ‘गृहकार्य गरी नियन्त्रण गर्छौं ।’


ब्यापारीले साना सिलिन्डरबाट प्रतिकेजी ४० देखि ५५ रुपैयाँसम्म फाइदा लिने गरेका छन । खुला सिमाका कारण भारतबाट अबैध रुपमा ५ र २ किलोको साना सिलिन्डर भित्र्याएका छन् । पछिल्लो ३ वर्षदेखि स्थानीय प्रशासनले बिक्रिमा रोक लगाएको छैन । उपभोक्ताहरू सचेत नभएकाले ब्यवसायीहरूले साना सिलिन्डर बिक्रि गरेका हुन सक्ने प्रशासनको भनाइ छ ।


राजस्व छलेर भित्र्याईएका र सुरक्षा मापदण्ड बिना बनाईएका साना सिलिन्डरको कारोबार गर्न सरकारले अनुमति दिएको छैन । यसको बिक्रीमा नियन्त्रण गर्न सम्बन्धित निकायले चासो नदेखाएको उपभोक्ता हकहित संरक्षण मञ्चको भनाइ छ । उपझोक्ताको सुविधालाई मध्यनजर राख्दै साना सिलिन्डर बित्रि गरेको ब्यापारीको भनाइ छ ।


मधेश आन्दोलनका बेला ग्यासको कृतिम अभाव देखाएर भारतिय साना सिलिन्डरको ब्यापार गरिीएको थियो । पर्वको मौका छोप्दै भारतबाट साना सिलिन्डरका ग्यास भित्रिने गरेको छ । यसको मापदण्ड जाँच हुँदैन । ब्यापारीले हचुवाको भरमा बिक्री गर्छन् । नेपाल गुणस्तर चिह्न प्राप्त हुनुपर्छ ।


बजारमा पाइने भारतिय लेगुलेटरहरू समेत मापदण्ड विपरीतका बिक्री हुने गरेको छ । यसको पनि मापदण्ड तोकिएको हुन्छ । नेपाल आयल निगमको नियामवली अनुसार नेपाल गुणस्तर चिह्न प्राप्त ग्यासको तौल १४.२ केही हुन्छ । पछिल्लो समय मुनाफाकै कारण भारतीय सूर्या कम्पनिको साना सिलिन्डर बिक्री गर्न थालेका हुन ।


ब्यापारीले ५ किलोको मूल्य १ हजारदेखि १ हजार २ सय सम्म लिने गर्छन । उनिहरूले नेपाली ग्यासको सिलिन्डर माथि देख्ने गरी राखेर भारतीय सिलिन्डर बिक्री गर्छन् । जिल्लाका मुख्य लगायतका बजारमा स्थानीय प्रशासनको अनुगमन सेलाउदै गएको संरक्षण मञ्चको आरोप छ ।


बजारमा साना सिलिन्डरको बिगबिगी बढ्यो भनेर प्रशासनलाई पटकपटक जानकारी सुनवाइ नभएको मञ्चका जिल्ला सचिव टिका घिमिरले बताए । ‘हामिले मापदण्डविपरीत साना बिक्रीमा रोक लगाउनुस् भन्दै आएका छौ,’उनले भने, ‘गम्भीर विषयलाई प्राथमिकतामा राखेर अनुगमन गरी रोक लगाउनुपर्छ ।’ अनुगमनकै कारण बजारमा ब्यापारीले जथाभाबी मूल्य लिने गरेको मञ्चको भनाइ छ । भारतीय सिलिन्डरको बिक्रीमा रोक लगाउन नसके दुर्घटना निम्त्याउन सक्ने सचिव घिमिरेले जनाए ।

प्रकाशित : चैत्र ९, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?