कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा उपभोक्ता ठगिए : मुख्यमन्त्री राउत

सन्तोष सिंह

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार जनकपुरमा आयोजना गरेको उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालामा मुख्यमन्त्री राउतले उपभोक्ताको मानव अधिकार कार्यान्वयनमा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए । 

कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा उपभोक्ता ठगिए : मुख्यमन्त्री राउत

'खाद्यान्नमा विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने ऐन आवश्यक छ,' मुख्यमन्त्री राउतले भने, 'स्वास्थ्यसित खेलवाड गर्ने छुट कसैलाई छैन । विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने कानुन आवश्यक छ ।'


खाद्यान्नमा बढ्दो विषादीका कारण उपभोक्ता गम्भीर प्रकृतिको रोगबाट ग्रसित हुनुपरेको उनले बताए । 'विगतमा पनि उपभोक्ता संरक्षण सम्बन्धि ऐन कानुनहरु भएर पनि कार्यान्वयन हुन सकेको थिएन,' राउतले भने, 'कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा उपभोक्ता ठगीमा पर्न बाध्य भएका छन् ।'


बजारमा खुला रुपमा विक्री गर्ने खाद्य समाग्रीको अनुगमन गर्ने जिम्मा स्थानीय सरकारको रहेको बताउँदै मुख्यमन्त्री राउतले अनुुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उपभोक्ता संरक्षण ऐनबारे अझै पनि सबैलाई जानकारी हुन नसकेकोले ऐनबारे सूचित गर्न जागरणको आवश्यक्ता रहेको उनले बताए ।


गुणस्तरीय सामानसहित उपभोक्ताले सेवा पनि पाउनुपर्ने भन्दै उनले यसका लागि सरोकारवालाहरु गम्भीर भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाँ, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनिया, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह सहभागी थिए ।

प्रकाशित : वैशाख ३, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?