कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्रीद्वारा मृतकका प्रतिपरिवार ३ लाख राहत 

बारा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले हुरीबाट मृत्यु भएका १० जनाको परिवारलाई शुक्रबार ३/३ लाख नगद हस्तान्तरण गरेका छन् । 

कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । जिल्लाका बाँकी मृतकको हकमा कागजात नपुगेकोले चेक नदिइएको हो । कागजात पुगेपछि उनीहरुलाई अर्को चरणमा उपलब्ध गराइने मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रले बताए ।


गत चैत १७ मा आएको भीषण हुरीको चपेटामा यहाँ २८ जनाको मृत्यु भएको छ । घटनापछि प्रदेश सरकारले प्रतिमृतक परिवारलाई प्रदेश सरकारले जनही ३/३ लाख दिने घोषणा गरेको थियो । चेक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री गद्दीले संघीय सरकार र प्रदेश सरकार मिलेर हुरीपीडितहरुको घर चाँडै निर्माण गर्ने बताए । सोही अवसरमा अमेरिकी संस्था एन्टाले प्रतिमृतक परिवारलाई उपलब्ध गराएको ५०/५० हजारको चेक मुख्यमन्त्री गद्दीले वितरण गरे ।

प्रकाशित : वैशाख ६, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?