कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यापार मेला सुरु

सर्लाही — जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने चक्रघट्टा गाउँपालिकामा बुधबारदेखि प्रथम चक्रघट्टा महोत्सव सुरु भएको छ  । चक्रघट्टा गाउँपालिकाको मुख्य बजारमा व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सुरु गरिएको हो  ।

सामाजिक, सांस्कृतिक र धार्मिक एकता तथा कृषि, पशु र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले चक्रघट्टा गाउँपालिका, स्थानीय बजार समिति र व्यापारीहरूको संयुक्त आयोजनामा महोत्सव सुरु गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

‘हिमाल पहाड तराई कोही छैन पराई, एक आपसी सद्भावको पहिचान चक्रघट्टालाई नमुना बनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको बुधबार बिहान एक समारोहबीच प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले उद्घाटन गरे । उनी कार्यक्रम स्थलबाट घोडामा चढेर महोत्सवमा पुगेका थिए ।

वैशाख २० सम्म चल्ने महोत्सवमा स्थानीय र देशका अन्य स्थानबाट आएका व्यापारीहरूको समेत व्यापारिक प्रयोजनका विभिन्न क्षेक्रका स्टलहरू राखेका आयोजकले जनाएको छ । चत्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले जिल्लाको उत्तरी भेगमा यस्ता महोत्सव प्रशस्तै भए पनि दक्षिणी भेगमा यस्तो कामले प्राथमिकता नपाएको बताए । उनले व्यापार प्रवर्द्धनका लागि दक्षिणी क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना गरिएको बताए ।

‘व्यापार व्यवसायको प्रवर्द्धन अथवा अन्य सामाजिक कामका लागि जिल्लाको उत्तरी क्षेत्रमा महोत्सवको आयोजना गर्ने गरिन्थ्यो, दक्षिणी क्षेत्र अर्थात मधेसमा यसको चलन नै थिएन, ‘उनले भने, ‘मधेसमा पहिलो पटक महोत्सवको आयोजना भएको छ, सामाजिक अथवा व्यापारिक कामका लागि यो एकदम राम्रो काम हो ।’

झन्डै ४ वर्षअघि माक्र चत्रघट्टामा अस्पताल निर्माणका लागि श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना गरिएको थियो । मधेसको ग्रामीण क्षेत्रमा भारतबाट पण्डितहरू बोलाएर लाखौं खर्च गर्दै धार्मिक अनुष्ठान गर्ने परम्परा भए पनि नेपालकै पण्डितमार्फत सामाजिक कार्यका लागि लाखौं सहयोग संकलन गर्ने उद्देश्यले चक्रघट्टामै पहिलो पटक धार्मिक अनुष्ठानसमेत गरिएको थियो । त्यतिबेला स्थानीयले नाचगानसहित सक्रिय सहभागिता जनाएका थिए ।

महोत्सव उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहित जिल्लाका दक्षिणी क्षेत्रका स्थानीय तहका प्रमुखहरू उपस्थित थिए । उनीहरूले मधेसमा महोत्सव सराहनीय कार्य भएको बताएका थिए ।

प्रकाशित : वैशाख १३, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?