कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमान्‌काे बिहेमा श्रीमती जन्ती

शिव पुरी

रौतहट — श्रीमान्‌काे विवाहमा श्रीमती जन्ती । सुन्दा नै अपत्यारिलो लाग्ने घटना तर सिन्धुपाल्चोक मेलम्चीका वीरबहादुर स्याङताङले त्यस्तै गरेका छन् । उनले श्रीमतीलाई दिदी र नाबलक छोरालाई भान्जा बनाई जन्ती लगेका रहेछन् ।

विहेका लागि केटीको घर पुगेका बेला स्थानियलाई शंका लागेर बेहुलासंग केरकार गर्दा रहस्य खुलेको हो । घटनापछि केटीले बिहिबार ईलाका प्रहरी चन्द्रनिगाहपुरमा बहुविवाहको निवेदन दिएकी छन् ।


सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ घर भएका ३५ बषिर्य स्याङतानको घरमा श्रीमति, दुई छोरी र एक छोरा छन् । उनी लामो समय बिदेशमा थिए । ४ बर्ष अघि रोजगारीका लागी साउदी अरब गएको बेला चन्द्रपुर-१ बागमतिका ३२ बषिर्या एक महिलासंग उनको फेसबुक मार्फत मायापि्रति बस्यो । प्रेमालाप बाक्लिदै दुवैले विहे गर्ने निर्णय गरे ।


स्याङतानले घरमा आफ्नो श्रीमति र सन्तानहरूका बारेका कुरो लुकाएका थिए । विहेको निर्णय भएपछि उनी हस्याङ-फस्याङ गर्दै तीन महिना अघि बिदा लिएर नेपाल आएका थिए । प्रेमीकाबारे घर परिवारलाई जानकारी दिन उनलाई झण्डै एक महिना लाग्यो । श्रीमतिले के भन्ला भन्ने ठुलो त्रास थियो, उनको मनमा । श्रीमती सन्जुलाई आफ्नो प्रेम सम्बन्धबारे एक दिन चर्चा गरे । 'केही बेर उनी अक्मकिन्, प्रतिवाद गरिन्,' सन्जुले भनिन्, 'श्रीमानको अगाडी मेरो केही चलेन । दोश्रो बिबाह गर्न अनुमित दिएँ ।'


घरको श्रीमति राजी भए पछि स्याङतान खुशी भए । अनि गत सोमबार २३ गते बिहेको मिति तय भयो । सामान्य बिबाह गर्ने दुबै पक्ष राजी भए । विवाहका लागी स्याङतान बा २० च २१७४ नम्बरको बोलेरो जिप लिएर श्रीमति, नाबालक छोरा, भान्जी र दिदिलाई साथै लिएर जन्तीको रुपमा रौतहट आए । उनले श्रीमतिलाई दिदि र नाबालक छोरालाई भान्जाको साईनो दिएका थिए ।


केटीको घरमा उनी घरीघरी आफ्नै श्रीमतिलाई दिदि र छोरालाई भान्जाबाबु भनेर बोलाउथे । केटीको घरमा छिमेकीलाई भोज समेत खुवाईएको थियो । केटा पक्षले चाडै बिबाहको बिधि सम्पन्न गर्न दबाब दिएका थिए । भान्जा बनाईएको छोराले भोज खाईसके पछि बुवा भनेर बोलाए पछि पोल खुलेको थियो । त्यस पछि स्थानियले पक्रेर कोठामा थुनेका थिए ।


केटीको घरमा जग्गेसम्म बनाइसकिएको थियो । बिहेमा परिबारका सदस्य बाहेक अन्य कसैको उपस्थिति नभएपछि स्याङतान शंकाको घेरमा परेका थिए । बोलेरो जिप रिजर्भ गरि अाएका उनलाई केटीको घर पुगेपछि त्यही छाडेर भागेका थिए ।


सोमबारको दिन बिहे तय भएकोमा स्याङतान मंगलबार, एक दिन ढिला आए । बाटोमा जिप बिगि्रएको भनेर ढाटे । 'त्यसै बेला देखी उनको गतिबिधि शंकास्पद लाग्यो,' केटीका एक नातोदार भन्छन, 'यो त केटी ओसार पसार गर्ने मान्छे जस्तो लाग्यो ।'

बेहुला भनिएका स्याङतान समान्य पोशाकमा थिए ।


श्रीमानको बिबाहमा श्रीमति र छोरा जन्ती आएको सम्भवत यो पहिलो घट्ना भएको स्थानिय गोपाल घिमिरेले सुनाए । 'यो त अचम्मको घट्ना हो,'उनले भने,'बठ्याइ गर्नेको पनि हद हुन्छ । यो त अति भयो । यस्तालाई कानुनी रुपमा सजायको भागीदार बनाउनु पर्छ ।' स्याङतानलाई अर्को बिबाह गराउन दिदि, भान्जी साथै आएका थिए । घट्ना लगत्तै प्रहरीलाई खबर गरिएको थियो । बेहुली बन्न लागेकी महिलाले आफू ठुलो घट्नाबाट जोगिएको बताईन् ।


'मलाई झुक्याएर बिबाह गर्ने योजना बनाईएको रहेछ,'उनले भनिन, 'समयमै थाहा पाएँ । सिन्दुर हालेको भए बर्बाद हुन्थे ।' केटीको सिन्धुलीमा समेत घर छ । उनी त्यहाँ नीजि श्रोतमा शिक्षिकाको रुपम कार्यरत छिन् । घट्ना लगत्तै ईलाका प्रहरीले स्याङतानलाई नियन्त्रणमा लिएको छ । महिलाले बहु विवाहको कसुरमा कारबाहीको लागी प्रहरीमा जाहेरी दिइएकी छन् ।

प्रकाशित : वैशाख २७, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?