कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवा छान्ने संरचना सञ्चालनमा आएन

शिव पुरी

रौतहट — समयमा मर्मत हुन नसक्दा लामो समयदेखि बन्द बालुवा छान्ने संरचना सिल्डइजेक्टर अहिलेसम्म सञ्चालनमा आएको छैन । बागमती सिंचाइ आयोजनाले निर्माण गरेको इजेक्टरको ढोकाको रबरशिलमा खराबी आएपछि झन्डै ८ महिनादेखि बालुवा छान्ने काम बन्द भएको छ ।

बालुवा छान्ने संरचना सञ्चालनमा आएन

नहरमा छाडिएको पानी संगै बगाएर किसानको खेतमा बालुवा नै बालुवा हुने गरेको छ । यसले उब्जनी कम हुने जनाइएको छ ।

आयोजनाले चन्द्रपुर १ स्थित मंगलरपुर नजिक पूर्वपश्चिम मुल नहरमा एक वर्षअघि साउदी अरबको सहयोगमा २४ करोड खर्चेर शिल्ड इजेक्टर निर्माण गरेको हो ।


इजेक्टरको ढोकाको रबरमा खराबी आएपछि बन्द भएको हो । आयोजनाले समयमा मर्मत गरेको भए अहिले सञ्चालनमा आउथ्यो । आयोजनाका इन्जिनिर राजीनन्दन चौधरीले चाडै नै मर्मत गरी सञ्चालनमा ल्याउने बताए । ‘कसरी मर्मत गर्ने भन्ने योजना बनाउँदै छौं,’उनलेभने,‘माथिल्लो निकायले अनुगमन गरिसकेको छ । अब चाँडै मर्मत गरी सञ्चालनमा ल्याउँछौ ।’ आयोजनाले मर्मत गरी चाँडै सञ्चालनमा ल्याउने जनाएको थियो । तर हालसम्म मर्मत नै भएको छैन् ।


मर्मत अभावमा बालुवा छानेर निकाश दिने ढोका अहिले बन्द भएको छ । यही कारण किसानको खेतमा बालुवा सहितको पानी पट्ने गरेको हो । बालुवाले उब्जनीमा प्रभाव पार्छ । आयोजनाले छाडेको पानी किशानको खेतमा पटाईने गरिएको छ । ईजेक्टरले छानेर नहरबाट बालुवा रहित पानी किशानको खेतमा पुग्नु पर्थ्यो । तर पछिल्लो ८ महिनादेखि बालुवा नै खेतमा पुग्ने गरेको छ । केही समय पछि किशानले नहरको पानीको मद्धतले धानको बिउ राख्ने गर्छन् । यस्तो बेला बालुवा रहितको सिँचाइको आवश्यक पर्छ ।


तर इजेक्टर बिग्रिएकाले किशानलाई ठूलो समस्या पर्छ । आयोजनाले नदिबाट नहर हुँदै बालुवा खेतमा नपुगोस भन्ने उदेश्यले मंगलपुर नजिकै करौडौ खर्चेर सिल्ड इजेक्टर (बालुवा छान्ने संरचना) निर्माण गरेको हो । कन्सलटेन्टको डिजाइनका कारण समस्या आएको आयोजनाले जनायो ।


कन्सलटेन्टले ढोकामा लगाईएको रबरशिल कमजोर परे पछि चुँडिएर तल झरेको छ । माथि उठाउन नसके पछि बालुवा छान्ने काम अबरोध भएको हो । अहिले त्यस क्षेत्रमा बालुवाको चाङ लागेको छ । त्यही बालुवा पानीले बगाएर किशानको खेतमा पुग्ने गरेको छ ।


आयोजना प्रमुख विनयकुमार गामीले संरचनाको पशिचम ढोकाको रबर चुडिएर माथि आउन नसकेकोले समस्या भएको बताए । ‘अब सञ्चालनमा आउन समय लाग्दैन,’उनले भने,‘प्राविधिक कमजोरीका कारण समस्या आएको हो ।’ आयोजनाका अनुसार मुल नहर हुँदै किशानको खेतमा जाने पानी सँगै बग्ने बालुवा रोक्न २०७२ साल चैतमा इजेक्टरको निर्माण थालेको हो ।


२०७४ मा निर्माण कार्य सम्पन्न भई ठेकेदारले आयोजनालाई हस्तान्तरण गरेको थियो । तर ६ महिना बित्न नपाउदै रबर चुडिएको छ । अहिले सबै ढोका तल झरेर बसेको छ । सिल्ड इजेक्टर भएको स्थानमा पानी पुगे पछि बालुवा छान्ने काम हुन्छ । त्यहाँ छानिएको बालुवा पूर्वतर्फ बगाइन्छ ।


पश्चिम तर्फको नहरबाट बालुवा रहित पानी किशानको खेत पुग्ने आयोजनाको लक्ष्य हो । संरचना स्थलमा निर्माण गरिएको ढोकाको रबरशिल कटेर तल झरेर बसेको छ । यसले छानेको बालुवा त्यही थुपारेको छ । पानीले त्यही बालुवा बगाएर किशानको खेतमा पुग्ने गरेको आयोजना प्रमुख गामीले जनाए ।


यो केही समय सञ्चालनमा आएको थियो । पछि ढोकामा समस्या आए पछि बन्द भएको हो । आयोजनाले ह्याडिल मार्फत ढोका माथि तान्न नसके पछि मेसिनबाट माथि ल्याउने प्रयास गरिरहेको जनायो । आयोजनाका अनुसार सर्लाही र रौतहटको झण्डै ४६ हजार ५ सय हेक्टर खेतीमा सिँचाइ हुँदै आएको छ ।


ब्यवस्थित सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादनमा बृद्धि ल्याउने उदेश्यले राष्ट्रिय प्राथमिकता प्राप्त बृहत बागमती सिँचाइ आयोजना हो । सर्लाही तिर १४ र पश्चिम मुल नहर १५ किलोमिटर लामो निर्माण भएको छ । आयोजनाले किशानको बालीलाई मध्यनजर गर्दै दाताको सहयोगमा संरचना निर्माण गरेको थियो ।

प्रकाशित : वैशाख ३०, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?