कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थुनामा राख्ने आदेश पछि महन्त बेपत्ता

जनकपुर — जनकपुरस्थित उच्च अदालतले थुनामा राख्ने आदेश दिएपछि रत्नसागर मठका महन्त बैकुण्ठ दास वैष्णव बेपत्ता भएका छन् । 

थुनामा राख्ने आदेश पछि महन्त बेपत्ता

जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गर्न दिएको आदेश उल्टाउँदै विहीवार उच्च अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश सुनाएको हो । ऊच्च अदालतका न्यायधिश विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको संयुक्त इजलासले सरकारी कागज कीर्ते तथा ठगी मुद्दा सुनुवाइका त्रममा महन्त दासको हकमा उक्त आदेश सुनाएको हो ।


उच्च अदालतले अर्का आरोपी रत्नसागर मठका पुजारीको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरेको छ । जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले गत पुसमा बैकुण्ठ दास वैष्णवलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने तथा सोही मठका पुजारी अशोक शर्मालाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश सुनाएका थिए ।


उच्च अदालतको आदेश सार्वजनिक भएलगत्तै महन्त बैकुण्ठ दास सम्पर्कविहीन बनेका छन् । जिल्ला अदालतको आदेशविरुद्ध वादी जनक हजारी विद्यापीठ तथा आरोपी द्वय बैकुण्ठ दास र पुजारी विनोद शर्माले उच्च अदालत जनकपुरमा ‘१७ नम्बर’ गरेका थिए ।


वादी पक्षको तर्फबाट कानुन व्यवसायी विपिनकुमार झा र देवेन्द्र ठाकुर निराला तथा प्रतिवादी महन्त दासका तर्फबाट श्यामकुमार मिश्र, चन्द्रबहादुर मैनाली, मंसूर राइन, अचुतम आचार्य, प्रकाश घिमिरे तथा राजन दाहालसहितले बहस गरेका थिए ।


जनक हजारी विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहिरीमा नेपाल सरकारको तर्फबाट जिल्ला अदालत धनुषामा दायर अभियोग पत्रमा प्रतिवादी महन्त बैकुण्ठ दास र पुजारी अशोक शर्मासँग १६ करोड ९१ लाख २५ हजार रुपैयाँ बिगो तथा जेल सजायको माग दाबी गरिएको थियो ।


नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस जनक हजारी विद्यापीठको ०५० देखि नै भोगचलनमा रहेको जनकपुर ८ स्थित कित्ता ६२ को २ कट्ठा ११ धुर तथा कित्ता १,२, २८ तथा ४९ को २ बिघा ८ कट्ठा १४ धुर जग्गा कीर्ते लालपुर्जा बनाई बिक्री वितरण गर्न खोजेको दुवैमाथि लगाइएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?