कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

मठ–मन्दिर बन्द गर्ने चेतावनी 

जनकपुर — गुठी विधेयकमा सुधार नगरे जनकपुरका सबै मठ–मन्दिर बन्द गर्ने चेतावनी जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले दिएका छन् । महन्त दासले शुक्रबार पत्रकार सम्मेलन गरी गुठी विधेयकले मठ–मन्दिरका महन्तलाई गुलाम बनाउन खोजेको तथा सनातन धर्म संस्कृतिमाथि प्रहार गरेको आरोप लगाए ।

‘पञ्चायत काल (२०३३ साल) मा कानुन बनाएर मुलुकभरिका महन्तलाई गुलाम बनाइयो अहिले प्राधिकरण बनाएर मठमन्दिरको जग्गा हत्याउन खोजेको छ । महन्तहरूलाई विस्थापित गर्न खोजिएको छ,’ उनले भने । प्रस्तावित विधेयकमा धर्मअधिकारी राख्ने प्रावधानप्रति महन्त दास झन आक्रोशित देखिए, ‘मठमन्दिरका महन्तलाई मासिक २ हजार तलब दिने सरकार धर्मअधिकारी कसरी राख्छ ?’


सरकारको गलत नीतिकै कारण मठमन्दिरको जग्गा बिक्री भएको तथा अतिक्रमणमा परेको आरोप पनि उनले लगाए । महन्त दासका अनुसार २०३३ को गुठी कानुन यता जनकपुरका २ सय ५० निजी गुठीमध्ये झण्डै २ सय गुठी लोप भइसकेका छन् भने विभिन्न मठमन्दिरका सयौं बिघा जग्गा बिक्री भइसकेको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?