कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्मरक्षा तालिम लिँदै किशोरी

जनकपुर — आफूमाथि हुने लैंगिक हिंसा तथा विभेदबाट जोगिन प्रदेश २ का ६ हजार ४ सय किशोरी मंगलबारदेखि आत्मरक्षा तालिम लिन थालेका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्र निर्माणका लागि खेलकुद’ मूल नारासाथ सामाजिक विकास मन्त्रालयले ८ जिल्लाका ६४ सामुदायिक विद्यालयका छात्रालाई आत्मरक्षा तालिम दिन लागेको हो । 

आत्मरक्षा तालिम लिँदै किशोरी

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ किशोरीलाई शारीरिक तथा मानसिक रूपले सक्षम बनाउन आत्मरक्षा तालिम सञ्चालन गरिएको बताए ।


‘चेलीबेटीहरू सक्षम भएर पनि सामाजिक विभेदको कारण अवसरबाट वञ्चित रहँदै आएका छन्,’ उनले भने, ‘तालिमले उनीहरूलाई आत्मरक्षा गर्न सीप सिकाउनुका साथै आत्मबल पनि बढाउने छ ।’ पूर्व खेलाडीसमेत रहेका मन्त्री यादवले यस्ता तालिम वर्षभरि चलाउनुपर्ने बताए । प्रदेश सरकारले सञ्चालन गरेको १५ दिन तालिम अझै लम्बाउनुपर्ने उनको भनाइ थियो ।


सामाजिक विकास मन्त्री नवलकिशोर साहले लैंगिक हिंसाका कारण किशोरी अध्ययनलाई निरन्तरता दिन नसकिरहेको बताए । उनले भने, ‘किशोरीलाई शारीरिक रूपले सक्षम तथा आत्मरक्षा गर्न सक्ने सीप दिनुपर्दछ भने मेरो मान्यता छ ।’ जनविकास स्रोत केन्द्रका अध्यक्ष वैद्यनाथ यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । सहभागी किशोरीलाई प्रमुख प्रशिक्षक मोहम्मद असगर खाँले आत्मरक्षा तालिम दिएका थिए ।

प्रकाशित : असार ११, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?