कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

रक्तसंचार केन्द्र सुध्रिँद्रै

सुनिता बराल

महोत्तरी — दुई कोठामा कार्यालय सञ्चालन गरी ४ जिल्लामा सेवा विस्तार गर्दै आएको रेडक्रस सोसाइटी बर्दिवास उपशाखाले आफ्नो सेवा बढाउने लक्ष्यसहित बुधबार ६ कोठे भवनको उद्घाटन गरेको छ ।

रक्तसंचार केन्द्र सुध्रिँद्रै

मानव सहायताका लागि उपशाखाले ३ वर्षदेखि बर्दिवासमा रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको थियो । आवश्यक भौतिक संरचना र उपकरणको अभाव पूर्ति गर्न उपशाखाले आफ्नै भवन निर्माण गरेको छ ।


अहिले बर्दिवास क्षेत्रमा मात्रै महिनाको ६० पिन्ट रगत आवश्यक पर्ने र त्यसको पूर्ति रक्तसञ्चार केन्द्र बर्दिवासले गरेको रेडक्रस बर्दिवास उपशाखा सचिव मुकुन्द पौडेलले बताए ।


दैनिक रूपमा रगतको माग बढेकाले बर्दिवासमा मात्र नभई आफ्नो सेवा थप विस्तार गर्ने उद्देश्यसाथ संस्थालाई व्यवस्थित गराउन जग्गादाता र ४० सहयोगी खोजेर ६४ लाख २ हजार ४ सय ७४ रूपैयाँमा पहिलो तला बनाएको उपशाखाले जनाएको छ ।


अहिले प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही र प्रदेश ३ को सिन्धुलीमा रक्तसञ्चार केन्द्रले आफ्नो सेवा पुर्‍याइरहेको छ । पहिलो तला भवन सञ्चालनमा आएपछि आवश्यक उपकरण थप गरी गुणस्तरीय सेवा प्रदान गरिने उपशाखा सभापति वाणिकराज काफ्लेले बताए ।


उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद शारदादेवी थापाले बर्दिवास रेडक्रस उपशाखा र रक्तसञ्चार केन्द्र बर्दिवासले मानव सहायतामा महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्ति गरिन् । बर्दिवासमा मानव जीवन बचाउन महत्त्वपूर्ण संस्था रक्त सञ्चार सञ्चालन हुनु स्थानीयका लागि लाभदायी हुने बताउँदै उनले रक्त सञ्चार केन्द्रलाई आवश्यक सहयोग गर्न सधैं तयार रहेको उनले बताइन् ।

प्रकाशित : असार १२, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?