संघीयता कार्यान्वयनमा बारको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री राउत

कान्तिपुर संवाददाता

धनुषा — मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि नेपाल बार एसोसिएसनको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । 

नेपाल बार एसोसिएसन केन्द्रीय कार्यालयले शुक्रवार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय परामर्श बैठकमा मुख्यमन्त्री राउतले संविधानमा स्पष्ट रहेका व्यवस्थाहरूमा पनि तीनै तहका सरकारबीच मतभिन्नता भई रहेकोले स्पष्ट व्याख्या गर्न बारको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

‘अधिवक्ताहरुले पनि दलीय भावना अनुरूप अभिव्यक्ति दिनु चिन्ताको विषय हो’, मुख्यमन्त्री राउतले भने,‘कानुनको रक्षाको जिम्मेवारी बोकेका अधिवक्ताहरुलाई दलीय भावनाबाट माथि उठ्नुपर्छ ।’

प्रकाशित : असार २७, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्

खोलाले बगाउँदा एकको मृत्यु

सुवास विडारी

मकवानपुर — मकवानपुरमा खोलाले बगाउदा एकजनाको मृत्यु भएको छ ।  मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–३ दम्कीमा खोला तर्ने क्रममा स्थानीय १२ वर्षीया सञ्चना बलामीको मृत्यु भएको हो । 

खोलाले बगाएको उनलाई करिब ४ सय मिटर तल प्रहरीले मृत अवस्थामा भेटेको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा जनकल्याण मावि कक्षा-६ मा अध्ययन गर्ने सञ्चना बलामी तथा स्थानीय युवा सन्तोष बलामीलाई खोलाले बगाएको थियो ।

प्रकाशित : असार २७, २०७६ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्