कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मितेरी पुल निर्माण सुरु

भूकम्प, बाढी र पहिरोबाट पुल पूर्ण क्षतिग्रस्त भएपछि चीनसँगको नाकासमेत बन्द छ 
अनिश तिवारी

सिन्धुपाल्चोक — चीन सरकारीको ‘तान् सुन रोड एन्ड ब्रिज’ कम्पनीले तातोपानीस्थित मितेरी पुलको जग निर्माण थालेको छ।

मितेरी पुल निर्माण सुरु

भूकम्प, बाढी र बर्खापिच्छै आउने पहिरोले संरचना ध्वस्त थियोरु। भूकम्प र भोटेकोसी बाढीले क्षतिग्रस्त पुलको तल्लो भाग जीर्ण भएपछि तत्काल बेलिब्रिज राखिएको थियो।


‘आगामी मे महिनासम्ममा पूरा गर्ने लक्ष्यअनुसार कम्पनीले कामलाई तीव्रता दिएको छ,’ कम्पनीका ठेकेदार ‘पुबु क्वी जी’ को भनाइ उद्धृत गर्दै भोटेकोसी गाउँपालिकाकी उपप्रमुख दाबुटी शेर्पाले भनिन्। जोखिममा रहेको लिपिङ बजारको विभिन्न भूभागमा जाली गाह्रो लगाएर मर्मत भइरहेको छ। तातोपानीबजारदेखि सीमाको करिब २ किमि क्षेत्रमा सडक मर्मतको काम भइरहेको छ।


सरकारी सम्झौताअनुसार हालको ८ मिटर मितेरी पुललाई अब १२ मिटर फराकिलो बनाइने कम्पनीले जनाएको छ। मितेरी पुलपारिको खासासम्मको बजारक्षेत्रलाई ठूला र अत्याधुनिक मेसिनबाट नयाँ प्रविधि अपनाएर पुनर्निर्माण गरिँदै छ।


चीनको खासा र कुतीको बीचमा रहेको छेपसाङमा पहिरो जाँदा आएको भोटेकोसी बाढीले सीमावर्ती क्षेत्र तहसनहस भएको थियो।


‘मिस्टर हु’ को नेतृत्वमा चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले सीमा जोड्ने सडकको मर्मत गरिरहेको छ। सुक्खा बन्दरगाह र सडक, पुलको कामलाई एकैसाथ अगाडि बढाइँदा व्यवसायीले नाका खुल्ने अनुमान लगाउन थालेका छन्।


यस्तो छ चीनको योजना

सीमा सुरक्षा सोतले दिएको जानकारी अनुसार तातोपानी क्षेत्रको लिपिङ सडक बनाइसकेपछि सवारी आउजाउ गरेर एक पटक नाका खोलाइनेछ।


त्यसपछि मितेरी पुलको संरचनासँगै भग्नावशेषमा परिणत भएको सीमाको लिपिङ बजारको संरचना भत्काउने चीनको योजना छ। चीनको सीमातर्फ सुरक्षार्थ बसेका प्रहरी, अधिकारीका अनुसार नाका खुलाउनमा चीनले आफ्नो तयारी गरिरहेको छ, स्रोतले भन्यो।


क्षतिग्रस्त मितेरी पुलदेखि खासासम्मको ७ किमि सडक पुनर्निर्माण सकिने तरखरमा छ। यसैबीच सीमाबाट करिब ६ किमि पश्चिम लार्चामा बन्दै गरेको सुक्खा बन्दरगाह अन्तिम चरणमा पुगेको छरु। चीनबाट आयात गरिएका सामान सिधै सोही बन्दरगाहमा ओराल्ने लक्ष्य रहेको छ।


चीनले ३ महिनामै बन्दरगाह र ८ महिनाभित्रै सडक निर्माण पूरा गर्ने लक्ष्य राखेको छ। ‘बन्दरगाहसम्म जोड्ने मोटरेबल पुलको ‘स्टक्चर प्रोजेक्ट’ अनुसार निर्माण भइरहेको छ। उनले बाह्रबिसेबाट तातोपानी जोड्ने २६ किलोमिटर सडकलाई फराकिलो बनाएर जोखिम स्थानपिच्छै जाली गाह्रो लगाइरहेको जानकारी दिए।

प्रकाशित : पुस २३, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?