कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठाउँठाउँमा गोरु जुधाइको रौनक

नुवाकोट/रसुवा — माघे संक्रान्तिको अवसरमा विभिन्न स्थानमा गोरु जुधाइएको छ । पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङ, तारकेश्वरको तारुका, नुवाकोट, रसुवा सीमा बेत्रावती, लिखु गाउँपालिकाको थानसिङलगायतका स्थानमा गोरु जुधाइएको छ । 

ठाउँठाउँमा गोरु जुधाइको रौनक

नुवाकोट र रसुवाको सीमास्थल बेत्रावतीमा ८ हल गोरु जुधाइयो । तारुका ५ चाँदनीको ठूलो पाटोबारीमा २३ हल गोरु जुधे भने घले भञ्ज्याङमा १६ हल गोरु जुधाइएको छ । गोरु जुधाइ अवलोकन गर्न हजारौं दर्शक आएका थिए । नेपाली बुलफाइट हेरेर स्वदेशी तथा विदेशीहरू दर्शकलाई घ्यूचाकु खाई भरपुर मनोरञ्जन लिए ।


‘गोरु जुधाइ मौलिक परम्परा हो,’ विदुर नगरपालिका १० आउँटारका दीपेन्द्र रिजालले भने, ‘यो बुलफाइट स्पेनमा मान्छेसँग गोरु जुध्छ । यहाँ गोरु मात्र जुध्छ ।’ माघे संक्रान्तिका दिन घरमा घ्यू, चाकु, तरुल, खिचडी खाएर गोरु जुधाइ मनाइने प्रचलन छ । जिल्लाको दक्षिण भेग तारुकामा २३ हल गोरु जुधाइएका छन् ।


गोरु जुधाइ प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए । त्यहाँको गोरु जुधाइ एक सय वर्ष पुरानो भएको स्थानीय बूढापाकाहरूको भनाइ छ । बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर तारुका आउँदा १९७८ सालमा तारुका ५ चाँदनीमा मामाले भाञ्जाको स्वागत गर्न बाजागाजासहित गोरु जुधाएका थिए । उक्त परम्परालाई तारुकावासीले कायम राख्दै आएका छन् ।


१८४९ साल असोज १७ गते बेत्रावती सन्धिपछि गोरु जुधाउन थालिएको इतिहास छ । स्थानीय चक्रबहादुर डंगोलले युद्ध जितेको खुसियालीमा गोरु जुधाएको बताए । आफ्ना सन्तानझंै स्याहारसुसार गरेर हुर्काएका गोरु धनीहरूले जुधाउनका लागि गोरु पाल्ने चलन छ । आफूले खस्रो खाएर पनि गोरुलाई वर्षभरि पिठो, मास तागतिलो खानेकुरा खुवाएर बलियो बनाएर जुधाउन ल्याएको विदुर नगरपालिका हर्कपुरका कृष्णबहादुर विकले बताए ।


संस्कृति, पहिचान र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गोरु जुधाइ गरिएको गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए । बेत्रावतीमा नेपाल(चीन र भोट युद्धपछि सम्झौता भएको सम्झनास्वरूप हरेक वर्ष माघ १ गते गोरु जुधाइँदै आएको बूढापाकाको भनाइ छ ।


गोरु जुधाइ हेर्न काठमाडौं, धादिङ, ललितपुर, नुवाकोट, रसुवा, कञ्चनपुर, बारा, मकवानपुरलगायत ठाउँबाट दर्शक आएका थिए । गोरु जुधाइमा सहभागी उत्कृष्ट र अन्यलाई केही रकमसहित पुरस्कृत गरिँदै आएको छ ।

प्रकाशित : माघ २, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?