कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाँटी रेटी महिलाको हत्या

धादिङ — नीलकण्ठ–१४ धुवाकोटस्थित रातमाटे चारघरेमा एक महिलाको घाँटी रेटी हत्या भएको छ । स्थानीय केदार आलेमगरकी २५ वर्षीया श्रीमती मनिकाको मङ्गलबार बिहान घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । 

बिहान ८ बजे आफ्नै खेतमा घाँस काट्न गएको मनिकाको हत्या भएको हो । भतिज नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले घाँस कटिरहेको बेला खुकुरीले गर्धनमा हानी फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

हत्या के कारणले भयो ? भन्ने खुल्न नसकेको र फरार व्यक्तिको भाग्न सक्ने नाकाहरूमा व्यापक रूपमा प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले १५ वटा समूहलाई परिचालन गरेको छ । घटनाको ३ घण्टा पछि मात्रै प्रहरीले खबर पाएको र घटनास्थल पुग्न स्थानीय प्रहरीलाई मोटरसाइकलमा २ घण्टा समय लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ८, २०७५ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?